पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित « Khabarhub

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।

भारतको गुवाहाटीमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको हो । आसामले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पछयाएको  नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । 

त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई डक वर्थ लेविस (डिएसएल) नियमका आधारमा विजेता घोषणा गरिएको हो । खेल रोकिनुअघि नेपाल ‘ए’ का शुभ कङ्साकार ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साहले २०, पवन सर्राफले ६ र इशान पाण्डेले एक रन बनाए । 

बलिङतर्फ आसामका मरिनमोय दत्त र आकाश सेनगुप्ताले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९० रन बनायो ।

आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित कश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले दुई-दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए । पाँच खेलको शृङ्खलामा नेपाल १-० ले पछि परेको छ । शृङ्खलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ०० बजे

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।

विद्युत् प्राधिकरणले माग्यो २६० भन्दा बढी कर्मचारी, माघ १० गतेभित्र आवेदन दिन सकिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि

राजनीतिले घृणाको सीमा काटेर हिंस्रक बाटो नसमाओस् : गोकुल बास्कोटा

काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाल राजनीतिमा पाकिस्तान

नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो

काठमाडौं– यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न

यस्तो छ आजका फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि