कैलालीको खुटिया नदीमा पौडी खेल्दा डुबेर एकसाथ चार किशोरले गुमाए ज्यान « Khabarhub

कैलालीको खुटिया नदीमा पौडी खेल्दा डुबेर एकसाथ चार किशोरले गुमाए ज्यान


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको खुटिया नदीमा पौडी खेल्न गएका चारजना साथीको एकै पटक डुबेर ज्यान गएको छ ।

गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा बिहीबार दिउँसो २ बजेतिर धनगढीका चार किशोरहरू बेपत्ता भएका थिए।

बेपत्ता भएका चारैजना किशोरको शव नदीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए।

पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाउनेहरूमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षकै प्रतीक चौधरी छन्।

यी किशोरहरू बिहीबार दिउँसो सात जनाको समूह बनाएर खुटिया नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा पौडी खेल्न पसेका अन्य तीनजनाको उद्दार गरिएको छ। चारैजना किशोरको शव परीक्षणका लागि धनगढी ल्याइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ७ : ४७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको