भारतको निजी क्षेत्रको व्यापारिक गतिविधि अगस्ट महिनामा उच्च « Khabarhub

भारतको निजी क्षेत्रको व्यापारिक गतिविधि अगस्ट महिनामा उच्च


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको निजी क्षेत्रको व्यापारिक गतिविधि यस वर्षको अगस्ट महिनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सन् २०२५ को अगस्ट महिनामा भारतको उत्पादन तथा सेवा क्षेत्रको गतिविधि कीर्तिमानी स्तरमा वृद्धि भएको छ ।

एसएण्डपी ग्लोबलले सार्वजनिक गर्ने एचएसबीसी पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) का अनुसार अगस्टमा भारतीय निजी क्षेत्रको गतिविधि ६५.२ को उच्च स्तरमा पुगेको छ । यो सन् २००५ यता सार्वजनिक हुँदै आएको सूचकमा सबैभन्दा उच्च हो ।

यसअघि जुलाई महिनामा यो सूचकांक ६१.१ रहेको थियो । यो सूचक ५० भन्दा माथि हुँदा व्यापारिक गतिविधिमा विस्तार भएको संकेत मिल्छ ।

प्रतिवेदनका अनुसार नयाँ अर्डरहरूमा तीव्र वृद्धि, निर्यातमा सुधार र रोजगारी सिर्जनाका कारण यस्तो वृद्धि भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार सेवा क्षेत्रमा माग बढेको छ । त्यसैगरी, उत्पादन क्षेत्रमा कच्चा पदार्थको आपूर्ति सहज भएकोले भारतमा व्यापारिक आत्मविश्वास थप बलियो बन्न पुगेको छ ।

यद्यपि, लागत दबाब र मुद्रास्फीतिको जोखिम अझै कायम रहेको विश्लेषकहरूले बताएका छन् । यो वृद्धिले भारतको अर्थतन्त्रमा सकारात्मक संकेत देखाए पनि दीर्घकालीन स्थीरता लागि नीतिगत सुधार र लगानी वृद्धिमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ९ : ३१ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने