भारतको निजी क्षेत्रको व्यापारिक गतिविधि अगस्ट महिनामा उच्च | Khabarhub Khabarhub

भारतको निजी क्षेत्रको व्यापारिक गतिविधि अगस्ट महिनामा उच्च


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको निजी क्षेत्रको व्यापारिक गतिविधि यस वर्षको अगस्ट महिनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सन् २०२५ को अगस्ट महिनामा भारतको उत्पादन तथा सेवा क्षेत्रको गतिविधि कीर्तिमानी स्तरमा वृद्धि भएको छ ।

एसएण्डपी ग्लोबलले सार्वजनिक गर्ने एचएसबीसी पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) का अनुसार अगस्टमा भारतीय निजी क्षेत्रको गतिविधि ६५.२ को उच्च स्तरमा पुगेको छ । यो सन् २००५ यता सार्वजनिक हुँदै आएको सूचकमा सबैभन्दा उच्च हो ।

यसअघि जुलाई महिनामा यो सूचकांक ६१.१ रहेको थियो । यो सूचक ५० भन्दा माथि हुँदा व्यापारिक गतिविधिमा विस्तार भएको संकेत मिल्छ ।

प्रतिवेदनका अनुसार नयाँ अर्डरहरूमा तीव्र वृद्धि, निर्यातमा सुधार र रोजगारी सिर्जनाका कारण यस्तो वृद्धि भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार सेवा क्षेत्रमा माग बढेको छ । त्यसैगरी, उत्पादन क्षेत्रमा कच्चा पदार्थको आपूर्ति सहज भएकोले भारतमा व्यापारिक आत्मविश्वास थप बलियो बन्न पुगेको छ ।

यद्यपि, लागत दबाब र मुद्रास्फीतिको जोखिम अझै कायम रहेको विश्लेषकहरूले बताएका छन् । यो वृद्धिले भारतको अर्थतन्त्रमा सकारात्मक संकेत देखाए पनि दीर्घकालीन स्थीरता लागि नीतिगत सुधार र लगानी वृद्धिमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : ३१ बजे

अमेरिकामा देवी प्रतिभाको कथा वाचन 

काठमाडौं– अमेरिकामा १४ राज्यमा देवी प्रतिभाको कथा गुञ्जने भएको छ

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल

काठमाडौं– मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा. भीम रावलले नेपाली

एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेले थालेको ‘घर फर्क

२० अंकले घट्यो नेप्से, १९८ कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेपाली कम्युनिस्ट