एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्दै : कस्तो छ इतिहास ? | Khabarhub Khabarhub

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्दै : कस्तो छ इतिहास ?


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान आज भिड्दै छन्। समूह चरण र सुपर फोरमा अपराजित भारतले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनल खेल्न लागेको हो।

सुपर फोरको अन्तिम खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो। भारत सुपर फोरको अन्तिम खेलमा श्रीलंकासँग सुपर ओभरमा विजयी हुँदै फाइनल पुगेको हो।

यो वर्षको एसिया कपको समूह चरण र सुपर फोरमा भारतसँग पराजित पाकिस्तानका लागि फाइनलमा बदला लिने अवसर हुनसक्छ। भारतले भने पछिल्ला खेलमा लगातार जित निकाल्दै आएकाले पाकिस्तानसँगको प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै आएको छ। भारत र पाकिस्तानको फाइनल भिडन्त आइतबार राति ८ः१५ बजे सुरु हुनेछ ।

अब दुवै दुबईमा पहिलो पटक एसिया कपको फाइनलमा आमनेसामने हुनेछन्। ग्रुप र सुपर-४ चरणमा भारतले दुवै पटक जित हात पारेको थियो।

भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा १३औँ पटक कुनै टुर्नामेन्ट वा ट्राइ सिरिजको फाइनल हुनेछ।

१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत

यसअघि भएका १२ भिडन्तमध्ये ८ पटक पाकिस्तानले जितेको छ भने भारतले केवल ४ पटक मात्रै बाजी मारेको छ।

सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफी फाइनलमा दुवै टिम अन्तिम पटक भिडेका थिए। त्यसबेला पनि पाकिस्तानले जित निकालेको थियो। भारतले अन्तिम पटक २००७ को टी-२० विश्वकप फाइनलमा विजय हात पारेको थियो।

वनडेमा ११ फाइनल, ८ मा पाकिस्तानको जित

भारत र पाकिस्तानबीच पहिलो पटक कुनै पनि टुर्नामेन्टको फाइनल १९८५ मा भएको थियो। वर्ल्ड च्याम्पियनसिप अफ क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।

त्यसपछि दुवै टिमले वनडे फर्म्याटका फरक-फरक टुर्नामेन्टमा ११ फाइनल खेले, जसमा पाकिस्तानले ८ र भारतले ३ जित हासिल गर्यो।

टी-२० फाइनलमा दोस्रो पटक भिडन्त

हालको एसिया कप टी-२० फर्म्याटमा खेलिँदैछ। यस फर्म्याटमा भारत–पाकिस्तान दोस्रो पटक फाइनल भिड्दै छन्।

पहिलो पटक २००७ को टी-२० विश्वकप फाइनलमा दुवै टिम आमनेसामने भएका थिए। त्यतिबेला एमएस धोनीको कप्तानीमा भारतले ५ रनले जित निकाल्दै पहिलो विश्वकप ट्रफी उचालेको थियो।

प्रमुख फाइनल

फाइनल-१ (१९८५) : भारत विजयी

१० मार्च १९८५ मा मेलबर्नमा वर्ल्ड च्याम्पियनसिप अफ क्रिकेटको फाइनलमा भारतले पाकिस्तानलाई ८ विकेटले हरायो।

फाइनल-२ (१९८६): मियाँदादको अन्तिम बलमा छक्का

१८ अप्रिल १९८६ मा शारजाहमा भएको अष्ट्रल-एसिया कप फाइनलमा पाकिस्तानका जावेद मियाँदादले चेतन शर्माको अन्तिम बलमा सिक्स हिर्काउँदै १ विकेटले जित दिलाए।

फाइनल-३ (१९९१): आकिब जावेदको ७ विकेट

२५ अक्टोबर १९९१ मा विल्स ट्रफी फाइनलमा पाकिस्तानका आकिब जावेदले ३७ रनमा ७ विकेट लिँदै भारतलाई ७२ रनले हराए।

फाइनल-४ (१९९४): अष्ट्रल-एसिया कप

२२ अप्रिल १९९४ मा शारजाहमा पाकिस्तानले भारतलाई ३९ रनले हरायो। आमिर सोहेल ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।

फाइनल-५ (१९९८): सिल्भर जुबिली ट्राइ सिरिज

भारत र पाकिस्तानबीच तीन फाइनल खेले, जसमा भारतले २–१ ले सिरिज जित्यो। सचिन तेन्दुलकर ‘प्लेयर अफ द सिरिज’ भए।

फाइनल-६ (१९९९, पेप्सी कप): अजहर महमूद चम्किए

४ अप्रिल १९९९ मा बेंगलुरुमा पाकिस्तानले भारतलाई १२३ रनले हरायो। अजहर महमूदले ५ विकेट लिए।

फाइनल-७ (१९९९, कोका-कोला कप): पाकिस्तान विजयी

१६ अप्रिल १९९९ मा भारत १२५ रनमै अलआउट भयो। पाकिस्तानले सजिलै जित हात पारे।

फाइनल-८ (२००७, टी-२० विश्वकप): भारत च्याम्पियन
२४ सेप्टेम्बर २००७ मा जोहान्सबर्गमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै पहिलो टी-२० विश्वकप जित्यो।

फाइनल-९ (२००८, किटप्लाई कप): पाकिस्तानको ठूलो जित

१४ जुन २००८ मा मीरपुरमा पाकिस्तानले भारतलाई २५ रनले हरायो। सलमान बट ‘प्लेयर अफ द सिरिज’ भए।

फाइनल-१० (२०१७, आईसीसी च्याम्पियन्स ट्रफी) : पाकिस्तानद्वारा हिसाब बराबर

१८ जुन २०१७ मा लन्डनमा पाकिस्तानले भारतलाई १८० रनले हरायो। फखर जमान शतकवीर बने।

एसिया कप फाइनलमा पहिलो भिडन्त

एसिया कपको १७औं संस्करण यूएईमा भइरहेको छ। १६ पटकको इतिहासमा भारत–पाकिस्तान फाइनलमा अहिलेसम्म कहिल्यै भिडेका थिएनन्। भारतले ८ पटक उपाधि जितेको छ भने पाकिस्तानले २ पटक (२००० र २०१२) जितेको छ।

यस पटक ८ टिम सहभागी भएका छन् र पहिलो पटक दुवै चिर-प्रतिद्वन्द्वी टिम एसिया कपको उपाधि भिडन्तमा भिड्ने भएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : १० बजे

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

कञ्चनपुर– जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा

आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

काठमाडौं– नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज

जेनजी आन्दोलन : नेतालाई दण्ड र अबको बाटो

अब हामी फागुन २१ लाई निर्वाचनको अभियान बनाएर अगाडि जान,

वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध : मन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका