हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा « Khabarhub

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बडादशैँ सुरु भएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म लैजाने गरेका छन् । मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्‍याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन् ।

हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ । मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्याङ्ग्राको मूल्य चितवन र बुटवलसम्म पुर्‍याउँदा बढी हुने गरेको व्यापारी बताउँछन् । व्यापारीले काठमाडौं, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले बताए ।

तीन दिन हिँडेर बागलुङ आइपुगेका गुरुङले पोखरासम्म पुगेर फर्किने बताए । तीन सय च्याङ्ग्रा लिएर आएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाए । आफूहरूले उत्पादन गरेको च्याङ्ग्रा खरिदका लागि पोखरा र काठमाडौंबाट व्यापारीहरू गोठमै पुगेर खरिद गर्ने उनको भनाइ छ । हिमाली गोठबाट खरिद गरेको च्याङ्ग्रा तराईसम्म पुग्ने गरेको गुरुङ बताउँछन् ।

च्याङ्ग्राले हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाने हुँदा धेरैले महँगो रकम तिरेर किन्ने गर्छन् । पाँच वर्ष पुगेका च्याङ्ग्रा मासुका लागि राम्रो मानिने डोल्पाका किसान थमसिंह बुढाले बताए ।

सत्र दिनको यात्रा गरेर बागलुङ आइपुगेका बुढाले आफ्नो मुख्य आम्दानीको स्रोत च्याङ्ग्रा व्यापार भएको बताए । च्याङ्ग्रा व्यापारबाट नौ जनाको परिवार चलाएको उनको भनाइ छ । च्याङ्ग्रा हिउँ बढी हुने क्षेत्रमा पालन हुने भन्दै हिउँचितुवा र ब्वाँसोबाट जोगाउन मुस्किल हुने बुढाको भनाइ छ ।

आफूले आठ वर्षदेखि निरन्तर दसैँमा च्याङ्ग्रा लिएर बजार झर्ने गरेको सुनाउँदै बर्सेनि मूल्य बढ्दै गएको उनको भनाइ छ । आफूले सुरुमा १२ हजारदेखि बिक्री गर्न सुरु गरेको भन्दै अहिले च्याङ्ग्राको मूल्य करिब ५० हजारसम्म पुगेको बुढामगरले बताए ।

मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग देशका ठूला सहरमा च्याङ्ग्रा भित्रिने गरेका छन् । तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेका छन् । दशैँको खर्च जोहो गर्नका लागि यो सिजनमा बजार झरेको च्याङ्ग्रा व्यापारी मोहन लामाले बताए । आफूले १५ वर्षदेखि चितवन, पोखरा र काठमाडौंमा च्याङ्ग्रा व्यापार गर्दै आएको सुनाए ।

बागलुङका किसान च्याङ्ग्रासँगै भेडा बिक्री गर्न बजार झरेका छन् । जिल्लाको तमानखोला, ढोरपाटन, निसीखोलाको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडापालनमा आबद्ध छन् । उनीहरूले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पुर्‍याउने गर्छन् । (रासस)

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ३३ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा