पर्व बिदामा पनि मानवअधिकार आयोगका कार्यालय खुला रहने « Khabarhub

पर्व बिदामा पनि मानवअधिकार आयोगका कार्यालय खुला रहने


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार ज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय दसैँ बिदामा खुला रहने बताए  । 

विज्ञप्तिमा भनिएको छ, ‘दसैँ, दीपावली तथा छठ पर्वको बिदाका दिनमा पनि खुला रहनेछन्,  मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय बिदाका दिनमा खुला रहने व्यवस्था गरिएको हो ।’

आयोगले मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोग सबैमा अनुरोध गरेको छ । 

सार्वजनिक बिदा तथा चाडपर्वका समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना गर्न आयोगले भनेको छ ।

‘चाडपर्वको समयमा सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गर्दछ’, आयोगले भनेको छ, ‘साथै, सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’ रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : २६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा