दसैँअघि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सुचारु नहुने  « Khabarhub

दसैँअघि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सुचारु नहुने 


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षा चुनौतीका कारण नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दशैंअघि सञ्चालनमा नआउने भएको छ । सरकारले गत साउनमा नै आंशिक रूपमा सुरुङ सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो । 

तर, अत्यावश्यक सुरक्षा प्रणाली जडान र परीक्षण कार्य पूरा नभएकाले जोखिम हुनसक्ने भन्दै हाललाई सुरुङ सुचारु गर्न नसकिने सडक विभागले बताएको हो । 

‘हामीले तयारी तीव्र पारेका थियौँ, गर्दा गर्दै पनि दसैँ अगाडी सुचारु गर्न सम्भव नहुने देखिएको छ, जडान गरिएका सुरक्षा प्रणाली व्यवस्थापनका लागि ट्राफिक लगायतका मानव स्रोत साधन जुटाउन पनि समस्या भो, कन्सलट्यान्टले पनि अहिले खोल्न सुरक्षित नभएकाले हतार नगर्न सुझाए,’ सडक विभागका उपमहानिर्देशक प्रभात कुमार झाले बताए । 

कानूनी तथा प्रशासनिक तयारी

सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको छ । मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भइसकेको छ भने टोल संकलन प्रणाली लागू गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ । 

सरकारले प्रयोगकर्ताले सजिलै शुल्क तिर्न सक्ने गरी ‘आरएफआईडी–बेन्ड टोल कलेक्सन सिस्टम’ अपनाउने निर्णय गरेको छ । यस प्रणालीअन्तर्गत सवारी साधनमा जडान गरिने कार्डमार्फत टोल असुली हुनेछ ।

सुरक्षात्मक व्यवस्था

सुरुङमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसअन्तर्गत उच्च क्षमताका पावर सप्लाई र जेनेरेटर, आधुनिक फायर–फाइटिङ प्रणाली, आपतकालीन संचार र निगरानी क्यामेरा, ध्वनि मोनिटरिङ प्रणाली, भेन्टिलेसन प्रणाली तथा ट्राफिक व्यवस्थापनका लागि नियन्त्रण कक्षसमेत रहने व्यवस्था मिलाइएको छ । 

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा हुँदै आवतजावत गर्ने सवारी साधनको भीड कम हुने, यात्रुहरूको समय र इन्धन दुवै बचत हुने र दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै राजधानी आवागमन–वहिरर्गमनमा दीर्घकालीन सुधार हुने जनाइएको छ ।

हालसम्म सुरुङको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरुङको औपचारिक सञ्चालन भने पुसबाट गरिने निवर्तमान सरकारले निर्णय गरिसकेको थियो ।  

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ३ : ५४ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा