चंगाको धागोले निम्त्याएको त्यो डरलाग्दो दुर्घटना… « Khabarhub

चंगाको धागोले निम्त्याएको त्यो डरलाग्दो दुर्घटना…


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैँ नजिकिएसँगै अहिले काठमाडौं उपत्यकाको आकाशमा रंगीचंगी चंगा उड्न थालेका छन् ।

घरको छतदेखि खेतबारीका पाटा अनेक ठाउँबाट बालबालिका र वृद्धवृद्धासम्म चंगा उडाउँदै रमाइरहेका देख्न सकिन्छ ।

अझ चंग चेट गर्ने प्रतिस्पर्धाका लागि त कडा धागोमा अन्य वस्तु दलेरसमेत उडाउने गरिन्छ । दशैं पर्वको पर्याय बनेको चंगा हाम्रो संस्कृतिको अभिन्न अंग बनेको छ ।

चंगा उडाउने क्रममा घरको छतबाट, बारीको डिलबाट खसेर हुने गरेका दुर्घना बेला बेला सुनिने गरिन्छ । तर गत असोज ६ गते ललितपुरको ग्वार्कोमा चंगाकै कारण डरलाग्दो घटना हुन पुगेको छ।

खासमा स्कुटरमा कलंकीबाट पेप्सीकोला गइरहेका भोजपुरका एकजना पुरूष (उनले समाचारमा नाम खुलाउन चाहेनन्) ग्वार्को ओभरपासमा पुगेपछि अप्रत्यासित दुर्घटनामा परे ।

‘ग्वार्को ओभर पासमा पुगेपछि अचानक मेरो घाँटीको अगाडितर्फ झट्कासहित डोरी पर्‍यो’, उनले भने, ‘उक्त सानो डोरीले मेरो घाँटीको अगाडिको भाग गम्भीर घाइते हुने गरी काट्यो । घाँटी काटिए पनि सम्हालिएकाले स्कुटर लड्न दिइनँ, नत्र परिवार नै ठूलो दुर्घटनामा पर्न सक्थ्यो ।’

ग्वार्को ओभरपास क्षेत्रबाट कसैले उडाएको चंगाको धागो लत्रिएको थियो । श्रीमती र छोरालाई पछाडि राखेर कलंकीबाट स्कुटर चलाउँदै पेप्सीकोलातिर गइरहेका बेला चंगाको त्यति पातलो धागोले पनि उनको घाँटी अगाडितर्फको भागमा ठूलो चोट लगायो ।

चंगाको धागोले घाँटी काटिएपछि उनलाई हतार हतार नयाँबानेश्वरस्थित निजामती अस्पता लगियो । जहाँ दुई-दुई पटक अपरेशन गरेर घाँटी जोगाउन कम्तीमा १० टाँका हालेर सिलाउनुपर्‍यो ।

‘अहिले त घाउ धेरै निको बसेको छ । तर मेरो परिवार त्यसदिन मुस्किलले जोगियो’, उनले खबरहबलाई भने, ‘चंगाको धागोले मेरो घाँटी काटिँदा श्रीमतीको पनि हातको औँलामा चोट लागेको छ । उनको पनि निजामती अस्पतालमा लगेर उपचार गर्नुपर्‍यो।’

यो घटनाबारे उनका आफन्त राजीव श्रेष्ठले गम्भीर दुर्घटनाबाट जोगिएको बताएका छन् ।

‘४ वर्षीय छोरा र श्रीमतीसँगै स्कुटरबाट घर आइरहेको बेला ग्वार्कोको ओभरपासमा कसैले उडाइरहेको चंगाको धागोले घाँटीमा र उनको श्रीमतीको‌ हातको औँलामा गहिरो चोट लाग्यो’, उनले भनेका छन्, ‘चिकित्सकको भनाइअनुसार त्यसबेला अकल्पनीय दुर्घटना हुन‌ सक्थ्यो । तर अहिले दुवैजनाको घाउ निको हुने क्रममा छ ।

घाँटीमा लागेको चोटको निजामती अस्पतालका चिकित्सकले दुई दुई पटक आपत्कालीन अपरेशन गर्नुपर‍ेको उनले बताएका छन् । उक्त घटनापछि अहिले दुवैजना फलोअप उपचार गरेर ठिक हुने क्रममा श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : ३१ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा