खसी–बोका बिक्री हुँदा सुदूरपश्चिमका किसान खुसी « Khabarhub

खसी–बोका बिक्री हुँदा सुदूरपश्चिमका किसान खुसी


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उनी खुसी छन् । 

थापाले भपे, ‘गाउँमा खसी–बोकाको त्यति माग नहुने भएपछि सहरमा ल्याएर बिक्री गरिरहेको छु । माग राम्रै छ, आम्दानीले घर खर्च चलाउन सहज हुँदैछ ।’ उनको खोरमा १५० गोटासम्म खसीबोका छन् । हाल विशेष गरी बोकाको माग राम्रो भइरहेको र जिउँदो बोका प्रतिकिलो ५५० रुपैयाँका दरमा बिक्री गर्ने गरेको थापाले सुनाए ।   

उनले धनगढीमा ८० बोका ल्याएर घुम्ती व्यापार गरिरहेका छन् । उनले भने, ‘चुरे गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत बाख्रपालन, फलफूल र तरकारीखेती हो, तर पछिल्ला वर्षमा जङ्गलमा चर्न जाने बाख्रालाई  बाघले खाने समस्या बढ्दा हामी चिन्तित छौँ ।’

चुरे गाउँपालिकाका किसानले खोरमा कम्तीमा २० देखि बढीमा १५० गोटासम्म बाख्रापालन गरिरहेको बताइएको छ । व्यापारी दुर्गाबहादुर खम्जालीले चुरे क्षेत्रका खसी–बोकाको माग काठमाडौँ र पोखरासम्मका व्यापारीबाट आउने गरेको बताए ।

पछिल्लो समय बलि दिने परम्परामा कमी आउन थालेको र साकाहारी हुनेको सङ्ख्या बढ्दै जाँदा विगतका जस्तो माग भने नरहेको उनको भनाइ छ । 

चुरे गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ ।  बडादसैँको समयमा यो क्षेत्रमा पालिएका खसी–बोकाको माग बढी हुने गरको छ । बाख्रापालन व्यवसायका लागि चुरे क्षेत्रलाई सरकारले पकेट क्षेत्र घोषणा गरे पनि सहयोग नपाइरहेको कृषकको गुनासो छ ।

‘सरकारले बख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ, तर कुनै किसिमको सहयोग गर्दैन, किसानले दर्ता भएको फर्मअनुसार कर मात्र तिर्दै आएका छौँ’, अधिकांश किसानको गुनासो छ । 

चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन, फलफूल, अदुवा र बेसारको खेती रहेको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : १३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा