ओली र लेखकसहित पाँच जनालाई उपत्यका छोड्न रोक, राहदानी रोक्का गर्न जाँचबुझ आयोगको निर्देशन « Khabarhub

ओली र लेखकसहित पाँच जनालाई उपत्यका छोड्न रोक, राहदानी रोक्का गर्न जाँचबुझ आयोगको निर्देशन


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको मानवीय हताहतीलाई लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन दिएको छ ।

उक्त घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले पाँच ओली र लेखकसहित पूर्वपदाधिकारीलाई अनुसन्धान दायरामा ल्याउँदै विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

आयोगको आइतबार बसेको बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई छानबिनका लागि बोलाउन सकिने भएकाले स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन आग्रह गरेको हो।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निजहरुलाई अनुसन्धानका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमण रोक लगाउन आवश्यक देखिएको छ।’

यस्तै, आयोगले छानबिन प्रभावकारी बनाउन विज्ञसहितको थप जनशक्ति आवश्यक देखिएको भन्दै गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरेको छ।

आयोग सदस्य निशान राज शर्माले उक्त कदम अनुसन्धानलाई निष्पक्ष र व्यवस्थित बनाउन उठाइएको बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : २१ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट