मनहास नयाँ बिसिसिआई अध्यक्ष « Khabarhub

मनहास नयाँ बिसिसिआई अध्यक्ष


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतका पूर्व घरेलु क्रिकेटर तथा प्रशासक मिथुन मनहास आइतबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का नयाँ अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन् ।

मुम्बईमा सम्पन्न बोर्डको वार्षिक साधारण सभापछि मनहासलाई औपचारिक रूपमा अध्यक्ष घोषणा गरिएको हो । उनले ७० वर्षको अनिवार्य सेवानिवृत्तिमा पुगेका रोजर बिन्नीलाई प्रतिस्थापन गरेका हुन् । उपाध्यक्षमा राजीव शुक्ला र सचिवमा देवजित साइकिया निर्वाचित भएका छन् ।

४५ वर्षीय मनहासले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । तर दिल्लीको तर्फबाट खेल्दा उहाँले १५७ प्रथम श्रेणी म्याचमा ४५.८२ औसतसहित नौ हजार ७१४ रन बनाएका थिए । 

उनको समय भारतीय महान् खेलाडीहरू सचिन तेन्दुलकर, राहुल द्रविड, सौरभ गाङ्गुली र भिभिएस लक्ष्मणको युगसँग मेल खाएको थियो । त्यसैले राष्ट्रिय टोलीमा प्रवेश गर्ने मौका सीमित रह्यो । दिल्ली टोलीमा समेत उनी वीरेन्द्र सेहवाग र गौतम गम्भीरको छायाँमा परे, तर ती दुई स्टार प्रायः राष्ट्रिय कर्तव्यमा व्यस्त हुने भएकाले मनहासले धेरै पटक टोलीको नेतृत्व गरे ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा उनले ५० भन्दा बढी खेल खेले । खेल जीवनपछि भने उनी क्रिकेट प्रशासनमा चम्किए । उनले विशेषगरी जम्मु र काश्मीर क्रिकेट सङ्घको निर्देशक रहँदा आधारभूत स्तरको विकासमा योगदान दिए ।

भारतमा क्रिकेटको अपार लोकप्रियताले बिसिसिआईलाई प्रायोजन र टेलिभिजन सम्झौताबाट विश्वकै धनी खेल निकाय बनाएको छ । यस शक्तिशाली बोर्डको नेतृत्वमा मनहासको उदयलाई सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्पष्ट समर्थन रहेको बताइन्छ ।

गत हप्तामात्र नयाँदिल्लीमा गृहमन्त्री अमित शाहको निवासमा भएको महत्त्वपूर्ण बैठकमा उनलाई उम्मेदवारका रूपमा छनोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमित शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रमुख जय शाहका पिता पनि हुन् ।

मनहासको निर्वाचनले भारतीय क्रिकेटमा नयाँ प्रशासनिक अध्याय सुरु भएको मानिएको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ७ : ०७ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा