कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू « Khabarhub

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ ।

चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न बनाइएको योजना कार्यान्वयनका लागि जिल्लामा ९२३ जना प्रहरी परिचालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

सडक सुरक्षाका लागि नियमित सवारीसाधनको जाँच तथा यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए । नियम विपरीत चर्को भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई पनि कडाइपूर्वक निगरानी तथा कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।

यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कुकुरसहितको जाँच, पैदल गस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ, बजार अनुगमनलगायत कार्य गरिएको सूचना अधिकारी बस्नेतले बताए ।

नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी र सुरक्षा सावधानी अपनाइएको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले पनि चाडपर्वका बेला सवारी आवागमन र यात्रु सहजताको अनुगमन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ५५ बजे

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश