कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू « Khabarhub

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ ।

चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न बनाइएको योजना कार्यान्वयनका लागि जिल्लामा ९२३ जना प्रहरी परिचालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

सडक सुरक्षाका लागि नियमित सवारीसाधनको जाँच तथा यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए । नियम विपरीत चर्को भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई पनि कडाइपूर्वक निगरानी तथा कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।

यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कुकुरसहितको जाँच, पैदल गस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ, बजार अनुगमनलगायत कार्य गरिएको सूचना अधिकारी बस्नेतले बताए ।

नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी र सुरक्षा सावधानी अपनाइएको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले पनि चाडपर्वका बेला सवारी आवागमन र यात्रु सहजताको अनुगमन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ५५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको