चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने « Khabarhub

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने तयारी गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “दसैँ, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर काम सुरु गरिएको छ । जिल्ला प्रमुखहरूको कमान्डमा प्रहरी परिचालन हुनेछन् ।”

अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ‘डग स्निफिङ’, सादा पोसाकका प्रहरी परिचालन, ‘सिआरभी’, ‘क्युआरटी’लाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।

यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरी काम सुरु गरिएको र ‘ड्रोन’ बाट समेत निगरानीको काम हुने भएकाले निर्धक्क र चनाखो भएर दसैँ, तिहारलगायत चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा कारागारमा रहेका केही कैदीबन्दी पनि फरार रहेकाले यस वर्ष चोरी, लुटपाटलगायत घटना हुनसक्ने भएकाले टोल, छिमेकमा नयाँ व्यक्ति अथवा फरार रहेका व्यक्ति देखिएको खण्डमा प्रहरीलाई खबर गर्न प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।

सम्भावित अपराध रोक्न तथा न्यूनीकरण गर्न काठमाडौँ उपत्यकाका १८ वटै प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली बनाइएको र कुनै पनि घटना भएमा कम्तीमा तत्काल घटनास्थलमा पुग्नेगरी व्यवस्था मिलाइएको एआइजी कार्कीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : २३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।