गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग « Khabarhub

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो ।

ओमकार योग आयुर्वेद गुरुकूल, गोरखाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षण गरी महत्त्व बुझाउन सबै लाग्ने वातावरण बनाउन गौ संरक्षण दिवस घोषणा गर्न माग गरेको हो । स्थानीय जातका गाईको संरक्षणका लागि कार्तिक शुक्ल अष्टमी अर्थात् गोपाष्टमी पर्वका दिन गौ संरक्षण दिवस घोषणा गरिनुपर्ने गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले बताए ।

कार्यक्रममा यस वर्षको गोपाष्टमी पर्वमा गोरखाबाट काठमाडौंसम्म गौ संवर्द्धन पदयात्रा आयोजना गर्न लागिएको जानकारी दिइएको थियो ।

गुरुकुलका प्राचार्य रेग्मीका अनुसार पदयात्रा कात्तिक १२ गते बेलुकी काठमाडौं आइपुग्ने छ । कात्तिक १३ गते थापाथलीबाट नारायणहिटीस्थित नारायण मन्दिरसम्म पदयात्रा गरेर प्रवचन कार्यक्रम गरिने उनले जानकारी दिए ।

कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङले स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षणका लागि पदयात्रा गरिएको जनाउँदै पदयात्रा काठमाडौंमा आइपुगेपछि प्रवचन कार्यक्रमसमेत गर्न लागिएको बताए । (रासस)

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ५२ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले