गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग | Khabarhub Khabarhub

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो ।

ओमकार योग आयुर्वेद गुरुकूल, गोरखाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षण गरी महत्त्व बुझाउन सबै लाग्ने वातावरण बनाउन गौ संरक्षण दिवस घोषणा गर्न माग गरेको हो । स्थानीय जातका गाईको संरक्षणका लागि कार्तिक शुक्ल अष्टमी अर्थात् गोपाष्टमी पर्वका दिन गौ संरक्षण दिवस घोषणा गरिनुपर्ने गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले बताए ।

कार्यक्रममा यस वर्षको गोपाष्टमी पर्वमा गोरखाबाट काठमाडौंसम्म गौ संवर्द्धन पदयात्रा आयोजना गर्न लागिएको जानकारी दिइएको थियो ।

गुरुकुलका प्राचार्य रेग्मीका अनुसार पदयात्रा कात्तिक १२ गते बेलुकी काठमाडौं आइपुग्ने छ । कात्तिक १३ गते थापाथलीबाट नारायणहिटीस्थित नारायण मन्दिरसम्म पदयात्रा गरेर प्रवचन कार्यक्रम गरिने उनले जानकारी दिए ।

कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङले स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षणका लागि पदयात्रा गरिएको जनाउँदै पदयात्रा काठमाडौंमा आइपुगेपछि प्रवचन कार्यक्रमसमेत गर्न लागिएको बताए । (रासस)

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : ५२ बजे

हालको अवस्थामा चुनावको विकल्प छैन : हितबहादुर तामाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री

कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण

चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो

जेरुसलेम- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग गरिने सम्झौताका लागि ताइवानको

सरकार, राजनीतिक दल र ‘जेन-जी’ प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौं– निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल