म्याग्दीको बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माणले स्थानीय लाभान्वित | Khabarhub Khabarhub

म्याग्दीको बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माणले स्थानीय लाभान्वित


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ ।

मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिकी अध्यक्ष सविता रोकाले बताइन् ।

‘धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ’, उनले भनिन्, ‘बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।’

५७ लाख १० हजार ८६० रुपैयाँको लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट एक सय ९३ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । उपभोक्ताले ६४ हजार ९६१ बराबरको श्रमदान गरेका छन् ।

११ लाख ६६ हजार ४२४ मा स्टिल पार्टस् खरिद र उपभोक्ता समितिलाई ३१ लाख ८३ हजार ९१ भुक्तानी भएको छ । पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरे । झोलुङ्गे पुल निर्माण भएकामा स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । (रासस)

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : १६ बजे

हालको अवस्थामा चुनावको विकल्प छैन : हितबहादुर तामाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री

कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण

चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो

जेरुसलेम- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग गरिने सम्झौताका लागि ताइवानको

सरकार, राजनीतिक दल र ‘जेन-जी’ प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौं– निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल