एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने  « Khabarhub

एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्ने, महाधिवेशन तयारीबारे छलफल हुने 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी शनिबार (कात्तिक १५ गते) बस्ने भएको छ । 

पार्टीको ११औँ महाधिवेशन तयारीका लागि बैठक बस्न लागेको हो ।  बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ ।

गत असोज २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशन कात्तिक २७ देखि २९ सम्म पोखरामा गर्ने निर्णय गरेको छ ।

पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार कात्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ ।

सो बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ ।

पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते च्यासलस्थित केन्द्रीय कार्यालयमा आगजनी भएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ ।

उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा. अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ५० बजे

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा

एक भुक्तभोगीको अख्तियारलाई प्रश्न– चयनमुखी अभियोजनले न्याय बाँच्ला ?

काठमाडौं– अख्तियार सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको

जनकपुरले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आइतबार

क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको जेन-जी आन्दोलनका

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

एथेन्स- ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा