पूर्वप्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या अभियोगको मुद्दा मङ्गलबारदेखि टोकियोमा औपचारिक रूपमा सुरु भएको छ । यस ऐतिहासिक प्रकरणमा अभियुक्त ४५ वर्षीय तेत्सुया यामागामीमाथि घरेलु हतियार प्रयोग गरी पूर्व प्रधानमन्त्रीको हत्या गरेको आरोप लगाइएको छ ।

मुद्दाको पहिलो दिन यामागामी अदालतमा उपस्थित हुँदा उनी कालो टप र खैरो पाइन्टमा देखिएका थिए । लामो कपाललाई पोनीटेलमा बाँधेका यामागामीले अभियोजकहरूले पढेका आरोपहरूमा आफू दोषी ठहर भएको कुरा जापानी प्रसारक एनएचकेले उल्लेख गरेको छ ।

आबे सन् २०२२ मा निर्वाचन प्रचारका क्रममा नारा सहरमा भएको गोलीकाण्डमा मारिएका थिए । यामागामीले आफ्नो बयानमा बताएका अनुसार, उनले आबेप्रति व्यक्तिगत वैरभावले नभई, बरु विवादास्पद युनिफिकेसन चर्चप्रति आक्रोशका कारण आक्रमण गरेका हुन् । 

उक्त चर्चसँग आबे र अन्य जापानी राजनीतिज्ञहरूको निकट सम्बन्ध रहेको विश्वास उनले गरेका थिए ।

सन् १९५४ मा दक्षिण कोरियामा स्थापना भएको युनिफिकेसन चर्चले दशकौँदेखि जापानमा विवाद र कानूनी चुनौतीको सामना गर्दै आएको छ । अभियुक्तका अनुसार, चर्चमा आमाले गरेको ठूलो आर्थिक अनुदानका कारण परिवार आर्थिक रूपमा ध्वस्त भएको थियो, जसले उनलाई प्रतिशोधी कदम चाल्न प्रेरित गर्‍यो ।

यो मुद्दा जापानका युद्धपछिका राजनीतिक इतिहासका सबैभन्दा चर्चित घटनामध्ये एक बनेको छ । आबे जापानका सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको विशेष सम्बन्ध थियो । नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले पनि मङ्गलबार ट्रम्पसँगको भेटमा आबेलाई ‘महान मित्र’ भन्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

क्योदो समाचार एजेन्सीका अनुसार यो मुद्दा डिसेम्बरको मध्यसम्म टुङ्गिने अपेक्षा गरिएको छ । युनिफिकेसन चर्च अहिले पनि जापानमा सयौँ कानूनी मुद्दाहरूमा संलग्न छ ।

यसले आफ्ना सदस्यहरूलाई बचत र सम्पत्ति दान गर्न दबाब दिएको आरोप लगाइएको छ । दशकौँसम्म राजनीतिक संरक्षणका कारण चर्च जाँचबाट प्रायः उम्कँदै आएको बताइन्छ ।

आबे हत्या प्रकरणलाई जापानको सामाजिक, धार्मिक र राजनीतिक सम्बन्धका जटिल पक्षहरू उजागर गर्ने एउटा गम्भीर मोडका रूपमा हेरिएको छ । रासस

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : ०३ बजे

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री