पूर्वप्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु « Khabarhub

पूर्वप्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या अभियोगको मुद्दा मङ्गलबारदेखि टोकियोमा औपचारिक रूपमा सुरु भएको छ । यस ऐतिहासिक प्रकरणमा अभियुक्त ४५ वर्षीय तेत्सुया यामागामीमाथि घरेलु हतियार प्रयोग गरी पूर्व प्रधानमन्त्रीको हत्या गरेको आरोप लगाइएको छ ।

मुद्दाको पहिलो दिन यामागामी अदालतमा उपस्थित हुँदा उनी कालो टप र खैरो पाइन्टमा देखिएका थिए । लामो कपाललाई पोनीटेलमा बाँधेका यामागामीले अभियोजकहरूले पढेका आरोपहरूमा आफू दोषी ठहर भएको कुरा जापानी प्रसारक एनएचकेले उल्लेख गरेको छ ।

आबे सन् २०२२ मा निर्वाचन प्रचारका क्रममा नारा सहरमा भएको गोलीकाण्डमा मारिएका थिए । यामागामीले आफ्नो बयानमा बताएका अनुसार, उनले आबेप्रति व्यक्तिगत वैरभावले नभई, बरु विवादास्पद युनिफिकेसन चर्चप्रति आक्रोशका कारण आक्रमण गरेका हुन् । 

उक्त चर्चसँग आबे र अन्य जापानी राजनीतिज्ञहरूको निकट सम्बन्ध रहेको विश्वास उनले गरेका थिए ।

सन् १९५४ मा दक्षिण कोरियामा स्थापना भएको युनिफिकेसन चर्चले दशकौँदेखि जापानमा विवाद र कानूनी चुनौतीको सामना गर्दै आएको छ । अभियुक्तका अनुसार, चर्चमा आमाले गरेको ठूलो आर्थिक अनुदानका कारण परिवार आर्थिक रूपमा ध्वस्त भएको थियो, जसले उनलाई प्रतिशोधी कदम चाल्न प्रेरित गर्‍यो ।

यो मुद्दा जापानका युद्धपछिका राजनीतिक इतिहासका सबैभन्दा चर्चित घटनामध्ये एक बनेको छ । आबे जापानका सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको विशेष सम्बन्ध थियो । नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले पनि मङ्गलबार ट्रम्पसँगको भेटमा आबेलाई ‘महान मित्र’ भन्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

क्योदो समाचार एजेन्सीका अनुसार यो मुद्दा डिसेम्बरको मध्यसम्म टुङ्गिने अपेक्षा गरिएको छ । युनिफिकेसन चर्च अहिले पनि जापानमा सयौँ कानूनी मुद्दाहरूमा संलग्न छ ।

यसले आफ्ना सदस्यहरूलाई बचत र सम्पत्ति दान गर्न दबाब दिएको आरोप लगाइएको छ । दशकौँसम्म राजनीतिक संरक्षणका कारण चर्च जाँचबाट प्रायः उम्कँदै आएको बताइन्छ ।

आबे हत्या प्रकरणलाई जापानको सामाजिक, धार्मिक र राजनीतिक सम्बन्धका जटिल पक्षहरू उजागर गर्ने एउटा गम्भीर मोडका रूपमा हेरिएको छ । रासस

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : ०३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा