किस्ट अस्पतालमा भएको तोडफोडप्रति चिकित्सक सङ्घको आपत्ति, तत्काल कानुनी कारवाही गर्न माग  « Khabarhub

किस्ट अस्पतालमा भएको तोडफोडप्रति चिकित्सक सङ्घको आपत्ति, तत्काल कानुनी कारवाही गर्न माग 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको कुटपिट र तोडफोडको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । साथै संघले तोडफोडमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

कार्तिक ८ गते उपचारका क्रममा एक गर्भवतिको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । 

उक्त घटनापछि सङ्घले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो हिंसात्मक कार्यको घोर भत्सर्ना गर्दै दोषीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। सङ्घले उपचारको क्रममा मृत्यु भएकी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेको छ।

‘यदि उपचारको क्रममा लापरबाही भएको आशंका छ भने त्यसको समाधानका लागि कानूनी बाटो खुला छ। तर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र स्वास्थ्य संस्था तोडफोड गर्नु जस्तो अमानवीय कार्यले स्वास्थ्य सेवा प्रणालीमै असर पुर्‍याउँछ’ , विज्ञप्तिमा भनिएको छ । 

संघले यस्तो घटनाले सम्पूर्ण स्वास्थ्य क्षेत्रको मनोबल गिराउने र सेवा प्रवाहमा असर पार्ने बताउँदै, संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ (संशोधन २०७९) अनुसार कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ ।

साथै, सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न राज्यले आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि संघको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : २४ बजे

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब