पुनर्निर्माण गरिएको ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण « Khabarhub

पुनर्निर्माण गरिएको ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण गरिएको छ ।  

मंगलबार गैर आवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठ  र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए भने पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको संयुक्त रूपमा उद्घाटन समेत गरिएको छ ।

ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे । 

उनले शहरमा ठूला–ठूला गाडी गुड्ने सडक मात्रै नभई मान्छे हिँड्ने फुटपाथको अवस्थाले शहरको वास्तविक विकासको चित्रण गर्ने बताए । 

उनले जेन-जी आन्दोलनका समयमा तोडफोड भएका सिसिटिभीलाई पुनस्थापित गर्दै ट्राफिक प्रहरी कन्ट्रोल रुमबाट निरीक्षण कार्य पूर्ण रूपमा सुरु गर्न सफल भएको उल्लेख गरे । 

नियम नमान्नेहरूलाई कारबाहीको दायरामा ल्याउँदा नियम मान्नेहरूलाई सम्मान गरिने उनले बताए । उनले मादक पदार्थ सेवक गरेर सार्वजनिक सवारी साधन चलाउने काम किमार्थ स्वीकार्य हुन नसक्ने भन्दै मासपे अभियान निरन्तर सञ्चालन हुने जानकारी दिए ।

त्यस्तै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठले कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्त्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताए । अब छिटै ब्रेथलाइजर  हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी गराए । 

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीहरूलाई कदर–पत्रले सम्मान गरेको छ । 

जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको ट्राफिक प्रहरी कन्ट्रोल रुमलाई गैरआवासीय नेपाली संघको सहयोगमा पुननिर्माण गरिएको हो । 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : ४४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम