प्रहरी प्रभाग बुङ्गमतीको भवन हस्तान्तरण | Khabarhub Khabarhub

प्रहरी प्रभाग बुङ्गमतीको भवन हस्तान्तरण


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन– गत भदौ २४ गतेको जेन-जी आन्दोलनमा क्षति पुर्‍याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ ।

स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो ।

पुनःनिर्माण समिति संयोजक महतका अनुसार भदौ २६ गते गठन भएको ११ सदस्य रहेको पुनःनिर्माण समितिले २०० स्थानीय, व्यवसायी, सङ्घसंस्था र समाजसेवीबाट स्वस्फूर्तरूपमा उपलब्ध रु ४९ लाख ५४ हजार ६८ को सहयोगबाट पुनःनिर्माण सम्पन्न गरिएको हो ।

पुनःनिर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले राम्रा र असल मानिसको मौनताले खराब मानिसले प्रसय पाउने बताए। उनले शान्ति सुरक्षाका लागि राष्ट्रको प्रतिनिधिका रूपमा काम गर्न प्रभागको भवन पुनःनिर्माण गरी सहयोग पुर्‍याउने स्थानीयको प्रयासको प्रशंसा गरे।

‘अप्ठ्यारो परिस्थितिमा काम गर्ने शक्ति नेपाल प्रहरी हो, आन्दोलनमा धेरै क्षति भएको थियो र छ, देशमा धेरै रगत बगिसकेको छ, अब रगतभन्दा पनि मेहनतको पसिना बगाउनुपर्ने समय हो, यसतर्क हामी सबै मिलेर सहकार्यमा काम गर्नु आवश्यक छ’, उनले भने। उनले सार्वजनिक सम्पत्तिको क्षति साह्रै दुःखद भएको उल्लेख गर्दै क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन कुनै कमी हुन नहुनेमा जोड दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले दुःखद घटनाबाट विस्थापित भएको प्रहरी प्रभावलाई पुनःस्थापित गर्न मन, वचन र कर्मले सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै शान्तिपूर्ण सभ्य समाज निर्माणका लागि अमूल्य पुन्य काम गरेको बताए। 

आन्दोलनमा पुल्चोक र हरिसिद्धिबाट केही थान हतियारसमेत लुटिएको र सोही हतियार अझैसम्म पनि बरामद हुन नसकेको अवस्था रहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशी जानकारी गराए । आन्दोलनका क्रममा ललितपुर जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।

भदौ २४ गतेको आन्दोलनबाट प्रभागमा कार्यरत रहेका प्रहरीका लत्ताकपडा लुटिएकोले नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य निरू खड्काले प्रहरीलाई ५४ सेट ट्रयाकसुट लगायतका सामग्री हस्तान्तरण गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक शशीधर शर्माले जानकारी दिए । 

ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्का, वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जन, २२ का अध्यक्ष सागर तुलाधर, वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री र प्रगति युवा क्लवका साथै स्थानीय विशिष्ठ व्यक्तित्वको सहयोग, समन्वय तथा सहकार्यले छिटोछरितो रूपमा पुनःनिर्माणको कार्यसम्पादन हुन सकेको प्रहरी निरीक्षक शर्माले जानकारी गराए ।
 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : ५५ बजे

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री