माछापुच्छ्रे आधार शिविर माथि हिमपात « Khabarhub

माछापुच्छ्रे आधार शिविर माथि हिमपात


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविर माथि अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमपात भएको छ ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार बेलुकादेखि हिमपात भएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए । 

तिहारलगत्तै यस क्षेत्रमा पदयात्रा लागि आउने पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको जानकारी दिँदै उनले विदेशीभन्दा स्वदेशी पर्यटकको आकर्षण बढिरहेको बताए।

हिउँ सामान्य परेका कारण पदयात्रामा आएका पर्यटकलाई कुनै अहसजता भने नभएको उनको भनाइ छ । तिहारलगत्तै अन्नपूर्ण क्षेत्रमा पदयात्राको क्रम बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले जानकारी दिए ।

कास्कीतर्फको अन्नपूर्ण आधार शिविरमा सोमबार पुगेका पर्यटक तल झरिसकेको उनले जानकारी दिए ।

‘कास्कीको अन्नपूर्ण आधार शिविरदेखि माछापुच्छ्रे आधार शिविरसम्म हिउँ परेको छ’, उनले भने, ‘त्यहाँभन्दा तल्लो क्षेत्रमा पानी परेको छ, पदयात्रामा जाने पर्यटकलाई सजगता अपनाउन आग्रह गरेका छौँ ।’

तिहारयता अन्नपूर्ण आधार शिविरमा आउने पर्यटकमध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए। 
 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : २६ बजे

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा