माछापुच्छ्रे आधार शिविर माथि हिमपात « Khabarhub

माछापुच्छ्रे आधार शिविर माथि हिमपात


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविर माथि अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमपात भएको छ ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार बेलुकादेखि हिमपात भएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए । 

तिहारलगत्तै यस क्षेत्रमा पदयात्रा लागि आउने पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको जानकारी दिँदै उनले विदेशीभन्दा स्वदेशी पर्यटकको आकर्षण बढिरहेको बताए।

हिउँ सामान्य परेका कारण पदयात्रामा आएका पर्यटकलाई कुनै अहसजता भने नभएको उनको भनाइ छ । तिहारलगत्तै अन्नपूर्ण क्षेत्रमा पदयात्राको क्रम बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले जानकारी दिए ।

कास्कीतर्फको अन्नपूर्ण आधार शिविरमा सोमबार पुगेका पर्यटक तल झरिसकेको उनले जानकारी दिए ।

‘कास्कीको अन्नपूर्ण आधार शिविरदेखि माछापुच्छ्रे आधार शिविरसम्म हिउँ परेको छ’, उनले भने, ‘त्यहाँभन्दा तल्लो क्षेत्रमा पानी परेको छ, पदयात्रामा जाने पर्यटकलाई सजगता अपनाउन आग्रह गरेका छौँ ।’

तिहारयता अन्नपूर्ण आधार शिविरमा आउने पर्यटकमध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए। 
 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : २६ बजे

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी– फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र