विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल « Khabarhub

विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् ।

यही प्रस्ताव लिएर उनका प्रतिनिधि खड्गबहादुर विश्वकर्मा निर्वाचन आयोगमा दल दर्ताका लागि गएका हुन् । यसका लागि आवश्यक प्रक्रिया जारी रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि विप्लव पहिलोपटक भाग लिन लागेका हुन् । यसैको स्वरूप उनी निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेको बताइएको छ। 

निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय सीमा यही कार्तिक ३० गतेसम्म तोकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : ०५ बजे

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।