उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न « Khabarhub

उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले उक्त ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज एक कार्यक्रमबीच सङ्घका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।  
    
अध्यक्ष श्रेष्ठले यस परियोजनामा जडित उपकरणहरू दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको जानकारी दिए । 

उपत्यका प्रहरी प्रमुख कार्कीले सङ्घप्रति आभार व्यक्त गरे। उनले भने, ‘गैरआवासी नेपाली सङ्घ (एनआरएन)ले आन्दोलनका क्रममा जलाइएको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज हामीलाई हस्तान्तरण गरिएको छ । हामी खुसी छौँ । सबैलाई आवश्यक पर्ने संरचनामा क्षति गर्नु हुन्न भन्ने हामीले हाम्रा सन्ततिलाई सिकाउन जरुरी छ ।’

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : २३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम