टुरमा गएका आधा कलाकार रुष्ट, आयोजक विनोद भन्छन्– ‘अब सुन्छ अमेरिका’ सफल भयो « Khabarhub

टुरमा गएका आधा कलाकार रुष्ट, आयोजक विनोद भन्छन्– ‘अब सुन्छ अमेरिका’ सफल भयो


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रस्तुती दिन गएका आधा कलाकार आयोजकसँग रुष्ट बन्दा पनि अमेरिकामा सम्पन्न तीन महिने सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ सफल भएको फ्लाई नेपालका संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीले दाबी गरेका छन् ।

तीज, दशैँ र तिहार लक्षित संगीतिक टुरको आयोजक विनोद नेतृत्वको फ्लाई नेपालले आयोजना गरेको हो ।

अगस्ट सेप्टेम्बर र अक्टोबरमा चलेको यो टुरमा प्रस्तुतीका लागि गायहरु बद्री पङ्गेनी, प्रताप दास, गायिकाहरु एलिना चौहान र कला लम्साल लगिएको थियो ।

तर, टुरमा सहभागी आधा कलाकार गायिकाद्वय कला र एलिनाले आयोजकप्रति गम्भीर आरोप लगाएका छन् ।

कलाले आफ्नो स्वास्थ्य जटिल बन्दा पनि आयोजकले बेवास्था र दुख दिएको दाबी गरेकी छन् ।

आफू हिड्नै नसक्ने अवस्थामा पुग्दासमेत आयोजकले उपचारका लागि समन्वय गर्नसमेत रोकेको उनको आरोप छ । उनले आफूलाई आयोजकले पटक–पटक थर्काएको समेत बताएकी छन् । स्वास्थ्य बिग्रिएपछि उनी कार्यक्रम सम्पन्न नगरी फर्किएकी थिइन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘उठेर हिड्न नसक्ने अबस्थामा पनि ह्वील चियरमा राखेर पठाइयो । मेरो एउटै मात्र माग थियो मेरो उपचार यहा सम्भव छैन भने ठिकै छ, उतै गएर उपाचार गर्छु । मलाई बिजनेस क्लासको टिकट मिलाइदिनुन कम्तीमा म ढल्किएर सुतेर जाँदा सजिलो हुन्थ्यो कि भनेर अनुनय गरे तर सुनुवाइ भएन । प्लिज बरु म पनि पैसा थप्छु भन्दा पनि मेरो कुरा सुनिएन र सम्बोधन पनि गरिएन ।’

संयोजकका हिसाबले यो सम्पूर्णको आरोपको जिम्मेवार विनोद नै हुन् ।

अर्की गायिका एलिनाले पनि कार्यक्रम पूरा नगरी आफ्नै पैसामा टिकट काटेर नेपाल फर्किएको सार्वजनिक अभिव्यक्ति दिएकी छन् ।

उनले आयोजकबाट अपमान र कैदीको जस्तो व्यवहार पाएको सामाजिक सञ्जालबाटै खुलासा गरेकी छन् । एलिनाको सम्पूर्ण दोष विनोदमाथि नै छ ।

तर, विनोद कलाकारले आफू लक्षित दिएको अभिव्यक्ति र गम्भीर आरोपबारे बेखबर जस्तै देखिन्छन् । उनले विज्ञप्ति जारी गरी कार्यक्रम सफल भएको र एलिनालेसमेत कार्यक्रम सम्पन्न गरेको दाबी गरेका छन् ।

विनोदले दाबी गरेका छन्, ‘समग्रमा कार्यक्रम परिकल्पना गरे जस्तै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ र आफूले कलाकारसँग गरेको शर्त तथा बाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु ।’

एलिनाले फ्लाई नेपाल र विनोदबारे बोलेपछि उनी विवादमा तानिएका छन् ।

यसअघि विनोदले आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’ कार्यक्रममा उनले केही कलाकारलाई अपमान गरेको बुझिन्छ ।

खबरहबले ती एक कलाकारसँग सम्पर्क गरेको थियो । उनले नाम नखुलाउने र अहिले नै मिडिमा नबोल्ने बताए ।

तथापि फ्लाई नेपालबाट पीडित भएका कलाकारहरु एकजुट भएको अवस्थामा आफूले भोगेका समस्याहरु सुनाउने विचारमा उनी छन् ।

यी घटनाले मनोरञ्जन क्षेत्रमा विनोदको छवि छर्लङ्ग भएको छ । विभिन्न व्यक्तिहरुले उनले ‘पैसाको घमण्ड’ले कलाकारलाई अपमान गरेको टिप्पणी सार्वजनिक गरेका छन् ।

यसबारेमा विनोदको मौनताले थप संशय पैदा गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ४ : ३४ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन