नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त « Khabarhub

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बीच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् ।

चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान भित्र्याउन व्यस्त भएका छन् । 

कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छभने भिजेको धान चिसोका कारण बिग्रनसक्ने भन्दै किसानले चिन्ता जनाएका छन् । 

अहिले भित्र्याएको धान चिसो हुने भएकाले घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने कृषि विकास कार्यालयका प्रमुख केशव खनालको सुझाव छ । यसअघि कृषि कार्यालयले आजदेखि वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै धान काट्नलाई हतार नगर्न आग्रह गरेको थियो ।

 पाकिसकेको बाली भित्र्याउन ढिलो भएको भन्दै कृषि कार्यालयको सुझावको प्रवाह नगरी यहाँका किसान धान भित्र्याउन व्यस्त भएका छन् । 
 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : ०२ बजे

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब