जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान « Khabarhub

जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग मागेका छन् । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताए ।

सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु आक्रमणमा १० जनाको ज्यान गइसकेको छ । यो सन् २०२४ मार्चमा समाप्त अघिल्लो आर्थिक वर्षको छ जनाको रेकर्डभन्दा बढी हो । सुजुकीले भने, ‘घाँटी र अनुहार लक्षित आक्रमण अत्यन्त सामान्य भइसकेका छन्, जसले भयावह स्थिति सिर्जना गरेको छ ।’

भालुहरू अब केवल पहाडी क्षेत्रमा सीमित नरही सहर र बस्तीमा समेत देखिन थालेका छन् । ‘स्थानीय बासिन्दाको दैनिकी नै अवरुद्ध भएको अवस्था असामान्य छ’, गभर्नरले चेतावनी दिए ।

रक्षामन्त्री सिन्जिरो कोइजुमीले जवाफमा सरकारले ‘सुरक्षा पुनःस्थापना गर्न उपलब्ध सबै अधिकार र साधन प्रयोग गर्ने’ प्रतिबद्धता जनाए । 

वातावरण मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो पीडित अकिताको पहाडी गाउँमा तीन अन्य व्यक्तिसँगै आक्रमणमा परेका थिए । यद्यपि पछिल्ला केही घटनाहरू अझै आधिकारिक तथ्याङ्कमा समावेश भएका छैनन् ।

स्थानीय मिडियाका अनुसार सोमबार अकिताको धानखेतमा एक महिला मृत फेला परेकी थिइन् र इवाटे क्षेत्रमा एक पुरुष र उनको कुकुर पनि आक्रमणको शिकार बनेका थिए ।

विशेषतः उत्तरी क्षेत्रमा भालुहरूले हालै पर्यटकमाथि आक्रमण गर्ने, पसल र विद्यालयनजिक प्रवेश गर्ने घटनाहरू बढेका छन् । एकोर्नजस्ता खानाको कमी र जलवायु परिवर्तनका कारण जनावरहरू बस्तीमा पस्न थालेको बताइन्छ । तातो मौसमले उनीहरूको हाइबरनेसन (शीतनिद्रा) ढाँचामा समेत असर पारेको छ ।

जापानमा दुई प्रजातिका भालु पाइन्छन् । एसियाली कालो भालु (चन्द्र भालु) र ठूलो आकारका खैरो भालु, जुन मुख्यतः होक्काइडो टापुमा बसोबास गर्छन् । तिनको तौल करिब ५०० किलोग्रामसम्म पुग्न सक्छ ।

प्रत्येक वर्ष सयौँ भालु मारिए पनि वृद्ध जनसङ्ख्या र घट्दो सिकारीको सङ्ख्याले नियन्त्रण कठिन बनाएको छ ।

गत हप्तामात्र वातावरण मन्त्री हिरोटाका इशिहाराले भालु आक्रमणलाई ‘गम्भीर र राष्ट्रिय समस्या’ भन्दै सिकार सुरक्षालाई सुदृढ बनाउने, सिकारीलाई तालिम दिने र भालु जनसङ्ख्या व्यवस्थापनका उपायहरू बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस
 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ४ : २६ बजे

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामथ्र्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता