काबुलमा हवाई हमलाले उजागर गरेको पाकिस्तानको गिर्दो सान्दर्भिकता « Khabarhub

काबुलमा हवाई हमलाले उजागर गरेको पाकिस्तानको गिर्दो सान्दर्भिकता


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही समयअघि पाकिस्तानी लडाकु विमानहरूले पाकिस्तानी तालिबानका नेता नूर वाली मसुद चढेको बख्तरबन्द गाडीलाई लक्षित गरी आक्रमण ग¥यो । यो घटनासँगै अतिवादी समूहलाई समर्थन गर्ने नीति अख्तियार गरेको पाकिस्तानी राज्य संयन्त्रका लागि गतिलो पाठ पढाएको देखिन्छ ।

दशकौँदेखि पाकिस्तानको सैन्य जासुसी संस्थापनले अफगानिस्तानका हक्कानी समूहदेखि तहरिक ए तालिबान पाकिस्तानजस्ता समूहलाई सहयोग गर्दै आइरहेको छ । अफगानिस्तानलाई आफूअनुकूल नीति निर्माण गर्नका लागि बाध्य तुल्याउन, त्यहाँ भारतीय प्रभाव रोक्न तथा मध्य एशियामा शक्ति विस्तारका लागि पाकिस्तानले यस्तो रणनीति अपनाएको जानकारहरु बताउँछन् ।

मिडिल इस्ट फोरममा छापिएको एन्ना महजर बार्दुचीको आलेखमा पाकिस्तानी अधिकारीहरुले सहजै नियन्त्रण गर्न सकिने ठानेर अफगान तालिबानको शैलीमा पाकिस्तानी तालिबानको गठन गरेको उल्लेख गरिएको छ । यद्यपि सन् २००७ मा पाकिस्तानको संघ शासित जातीय क्षेत्र तथा खैबर पख्तुनख्वा क्षेत्रमा गठित यस समूह पाकिस्तानविरुद्ध गतिविधि गर्न थाल्यो ।

हालै मात्र यो समूहले पाकिस्तानी सुरक्षा बलविरुद्ध हमलालाई तीव्रता दिएको छ । भारतले गत मे महिनामा पाकिस्तानी भूमिमा रहेका आतंककारी निशानालाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरपछि उत्पन्न राजनीतिक परिस्थितीको मूल्यांकन गरेर पाकिस्तानी तालिबानले त्यहाँ आक्रमणलाई तीव्र पारेको हो ।

पाकिस्तानी तालिबानलाई नियन्त्रण गर्न असफल भएपछि पाकिस्तानले त्यसको रिस अफगानिस्तनमा पोखिरहेको देखिन्छ ।

पछिल्लो समय भारतले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानसँग आफ्नो सम्बन्ध विस्तार गर्न खोजिरहेको छ । यद्यपि अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्तकीले पहिलो पटक भारत भ्रमण गरिरहेका बेला पाकिस्तानले अफगानिस्तानमा गरेको आक्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । त्यसैले पाकिस्तानले अफगानिस्तानमा सञ्चालन गरेको हवाई आक्रमणको दोहोरो उद्देश्य छ ।

पहिलो– आफ्नो क्षेत्रीय सैन्य सान्दर्भिकतालाई कायमै राख्नु र दोस्रो– भारतसँग सम्बन्ध विस्तार नगर्न अफगानिस्तानलाई चेतावनी दिनु । यद्यपि पाकिस्तानको यस हवाई आक्रमणले उसको मजबुतभन्दा कमजोर पक्ष उजागर गरेको छ ।

यस आक्रमणपछि पाकिस्तानले भाष्य नियन्त्रण गर्न संघर्ष गरिरहेको छ । सेनाले विद्रोहीसँग घुँडा टेकेको छ, बलोचिस्तान र गिल्गिट बाल्टिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा अस्थीरता कायमै छ, कूटनीतिक रुपमा एक्लिएको छ भने राजनीतिक रुपमा विभाजित बनेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ४ : ४८ बजे

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी– फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र