पाकिस्तानमा ईशनिन्दाको आरोप खेपेर निर्दोष साबित भएका इसाई धर्मगुरुको मृत्यु « Khabarhub

पाकिस्तानमा ईशनिन्दाको आरोप खेपेर निर्दोष साबित भएका इसाई धर्मगुरुको मृत्यु


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा ईशनिन्दाको आरोप खेपेर निर्दोष साबित भएका इसाई धर्मगुरुको ज्यान गएको छ । पछि निर्दोष साबित भएका ती इसाई धर्मगुरुले १३ वर्ष जेल जीवन बिताएका थिए ।

यद्यपि रिहा भएको केबल दुई दिनअघि उनले ज्यान गुमाएको अधिकारवादी संस्थाहरुले जनाएका छन् । ६२ वर्षका पास्टर जफार भट्टीले पञ्जाब प्रान्तका रावलपिण्डी शहरमा जिजस वल्र्ड मिसन चर्च स्थापना गरेका थिए । गत अक्टोबर ५ मा हृदयघातका कारण उनको निधन भएको ब्रिटिश एशियन क्रिस्चियन एशोसिएशनले जनाएको छ ।

ईशनिन्दाको आरोपमा जेल जीवन बिताइरहेका उनलाई लाहोर उच्च अदालतले गत अक्टोबर २ मा निर्दोष साबित गरेको थियो । उनलाई गत २०१२ मा एक जना इस्लामिक धर्मगुरुलाई पैगम्बर मोहम्मदबारे आपत्तिजनक म्यासेज पठाएको आरोपमा पक्राउ गरिएको थियो ।

पाकिस्तानको ईशनिन्दा कानुनलाई विश्वमै कठोर मानिन्छ । हरेक वर्ष ईशनिन्दाको आरोपमा पाकिस्तानमा सयौँ पक्राउ पर्दै आएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : ०८ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट