राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान « Khabarhub

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् । 

देशका सामु अहिले देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत उक्त आह्वान गरेका हुन् ।

राष्ट्रले भोगिरहेका समस्या र टिकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहने पनि उनले बताएका छन् ।

उनले भनेका, ‘देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ । राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ‘

अध्यक्ष दाहालले उक्त सत्यलाई आत्मसात् गर्दै देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन पनि अपिल गरेका छन् ।
 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ६ : १८ बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र