काठमाडौंमा सिक्री लुट्ने र किन्ने पाँचजना पक्राउ « Khabarhub

काठमाडौंमा सिक्री लुट्ने र किन्ने पाँचजना पक्राउ


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरगढी गाउँपालिका ६ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका ५ स्थित तिनधारेमा डेरा कोठा बस्ने वर्ष २८ को राज लामा, उदयपुरको ताप्ले गाउँपालिका ४ घर भइ भक्तपुर, बस्ने वर्ष २० को विशाल भन्ने दुर्ग बहादुर मगर, रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घर भइ चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सञ्चालन गर्ने वर्ष ३२ को दिल बहादुर बिक, बागलुङको गल्कोट नगरपालिका २ घर भइ काठमाडौं बूढानीलकण्ठ- ६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक वर्ष ४० को गोबिन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका ७ घर भइ काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक वर्ष २२ को दिपेस रसाईली रहेका छन्।

प्रहरीका अनुसार राज लामा सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् भने दुर्ग बहादुर मगर मोटरसाइकलको पछाडि बसि सिक्री तान्ने व्यक्ति हुन्। यस्तै, दिल बहादुर बि.क र गोबिन्द सुनार लुटिएको सामान किन्ने व्यक्ति हुन् भने दिपेस रसाईली लुटिएको सिक्री बिक्री गरी दिने व्यक्ति हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार राज लामा र विशाल भन्ने दुर्ग बहादुर मगरले यही ६ असोज ८ गते ललितपुर नख्खुडोलबाट १.५ तोलाको सिक्री चुडालेर लगेको, असोज २३ गते काठमाडौको नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्री चुडालेर लगेको, असोज २६ गते ललितपुर बुद्दचोकबाट ३ तोलाको सिक्री चुडालेर लगेको, कात्तिक १ गते नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री आधा चुडालेर लगेको, सोही दिन रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री आधा चुडालेर लगेको, नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट झोला र सामसङ कम्पनीको मोबाइल थान १ लुटपाट गरेको, कात्तिक १ गते तार्केश्वर नगरपालिका बालाजु नेपालटार स्थितबाट २ तोलाको सिक्री चुडालेर लगेको पाइएको छ।

दिल बहादुर बिकको सल्लाघारी स्थित श्री लक्ष्मी ज्वेलर्सबाट सिक्री बिक्री गरी ल्याएको नगद रु. ३ लाख ८८ हजार ५०० र दिपेस रसाईलीको कुलेश्वरस्थित कोठाबाट ६४ लाल तौल भएको सुनको ढिक्का थान – ४ पनि प्रहरीले बरामद गरेको छ।

यसैगरी, गोबिन्द सुनारको कपन स्थित बाग्लुङ कालिका ज्वेलर्सबाट ९५ लालको सुनको ढिक्का थान – १, १ तोला ६४ लालको सुनको ढिक्का थान – १, १ तोला ५८ लालको सुनको सानो सानो ढिक्का थान – ५, ८३ लालको सुनको ढिक्का थान – १ र ३९ लालको सुनको ढिक्का थान – १, २ तोला १४ लालको सुनको सिक्री थान १ (जम्मा ७ तोला ४८ लाल सुन), नगद रु. १ लाख ६६ हजार बरामद भएको छ।

यस्तै, प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल, सिम तथा लुटपाटमा प्रयोग हुने सामानहरू पनि बरामद गरेको छ।

पक्राउ परेका उपर काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ४७ बजे

इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ

काठमाडौं- इरानले अमेरिका र इजरायलसँग लामो समयसम्म युद्ध गर्न तयार

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि