काठमाडौंमा सिक्री लुट्ने र किन्ने पाँचजना पक्राउ | Khabarhub Khabarhub

काठमाडौंमा सिक्री लुट्ने र किन्ने पाँचजना पक्राउ


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरगढी गाउँपालिका ६ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका ५ स्थित तिनधारेमा डेरा कोठा बस्ने वर्ष २८ को राज लामा, उदयपुरको ताप्ले गाउँपालिका ४ घर भइ भक्तपुर, बस्ने वर्ष २० को विशाल भन्ने दुर्ग बहादुर मगर, रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घर भइ चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सञ्चालन गर्ने वर्ष ३२ को दिल बहादुर बिक, बागलुङको गल्कोट नगरपालिका २ घर भइ काठमाडौं बूढानीलकण्ठ- ६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक वर्ष ४० को गोबिन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका ७ घर भइ काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक वर्ष २२ को दिपेस रसाईली रहेका छन्।

प्रहरीका अनुसार राज लामा सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् भने दुर्ग बहादुर मगर मोटरसाइकलको पछाडि बसि सिक्री तान्ने व्यक्ति हुन्। यस्तै, दिल बहादुर बि.क र गोबिन्द सुनार लुटिएको सामान किन्ने व्यक्ति हुन् भने दिपेस रसाईली लुटिएको सिक्री बिक्री गरी दिने व्यक्ति हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार राज लामा र विशाल भन्ने दुर्ग बहादुर मगरले यही ६ असोज ८ गते ललितपुर नख्खुडोलबाट १.५ तोलाको सिक्री चुडालेर लगेको, असोज २३ गते काठमाडौको नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्री चुडालेर लगेको, असोज २६ गते ललितपुर बुद्दचोकबाट ३ तोलाको सिक्री चुडालेर लगेको, कात्तिक १ गते नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री आधा चुडालेर लगेको, सोही दिन रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री आधा चुडालेर लगेको, नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट झोला र सामसङ कम्पनीको मोबाइल थान १ लुटपाट गरेको, कात्तिक १ गते तार्केश्वर नगरपालिका बालाजु नेपालटार स्थितबाट २ तोलाको सिक्री चुडालेर लगेको पाइएको छ।

दिल बहादुर बिकको सल्लाघारी स्थित श्री लक्ष्मी ज्वेलर्सबाट सिक्री बिक्री गरी ल्याएको नगद रु. ३ लाख ८८ हजार ५०० र दिपेस रसाईलीको कुलेश्वरस्थित कोठाबाट ६४ लाल तौल भएको सुनको ढिक्का थान – ४ पनि प्रहरीले बरामद गरेको छ।

यसैगरी, गोबिन्द सुनारको कपन स्थित बाग्लुङ कालिका ज्वेलर्सबाट ९५ लालको सुनको ढिक्का थान – १, १ तोला ६४ लालको सुनको ढिक्का थान – १, १ तोला ५८ लालको सुनको सानो सानो ढिक्का थान – ५, ८३ लालको सुनको ढिक्का थान – १ र ३९ लालको सुनको ढिक्का थान – १, २ तोला १४ लालको सुनको सिक्री थान १ (जम्मा ७ तोला ४८ लाल सुन), नगद रु. १ लाख ६६ हजार बरामद भएको छ।

यस्तै, प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल, सिम तथा लुटपाटमा प्रयोग हुने सामानहरू पनि बरामद गरेको छ।

पक्राउ परेका उपर काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ४७ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि