एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित « Khabarhub

एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ। मंगलबार नेपाल सितेरियो कराते संघले एक कार्यक्रमबीच एरिका र प्रशिक्षक श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो।

संघले एरिकालाई एक लाख रुपैयाँ र प्रशिक्षक श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो। एरिकाले सन् २०२२ मा चीनको हाङजाउमा सम्पन्न एसियाली खेलकुदमा ६८ किलोतर्फ रजत पदक जितेकी थिइन्। यो नेपालले १९औँ एसियाली खेलकुदमा प्राप्त गरेको एक मात्र रजत पदक हो।

उनले हङकङकी यान काइलाई ८–४ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्। उनी कराते–१ प्रिमियर लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्। गत जुनमा मोरोकोको राबटमा सम्पन्न उक्त प्रतियोगितामा उनले रजत पदक जितेकी थिइन्। एरिकाले सन् २०२४ मा आयोजित यूएस ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि स्वर्ण र कास्य पदक हासिल गरेकी थिइन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ५९ बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक