‘एआई’मार्फत किसानलाई डिजिटल कृषि सल्लाह, ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य « Khabarhub

‘एआई’मार्फत किसानलाई डिजिटल कृषि सल्लाह, ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य


२८ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ । 

राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहालले  सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

यसबाट नेपाली किसानलाई ‘डिजिटल प्लेटफर्म’मार्फत कृषिसम्बन्धी समस्या समाधानमा सजिलो हुने विश्वास गरिएको छ  । कनेक्ट किसानले विकसित गरेको ‘भ्वाइस बेस’ र ‘टेक्स्ट बेस एआई एडभाइजरी’ प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्‍याउनेछ । यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्याजस्तै मल, बजार, रोगरकीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् ।

सो अवसरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पुर्‍याउन र समस्या समाधानमा सहयोग पुर्‍याउन कनेक्ट किसानसँग सम्झौता गरिएको जानकारी दिए ।

उनले भने, ‘किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन् । साथै, ठूला वा जटिल समस्याहरूको लागि प्राविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ ।’

कृषि नीतिगत चुनौतीजस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापनजस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए।

कनेक्ट किसानका निर्देशक दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका र नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई सहयोग पुग्ने बताए। 

उनका अनुसार किसानहरूले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती देखेका छन् भने वा खेतीमा रोग–कीरासम्बन्धी अनुसन्धान आवश्यक छ भने उनीहरूले यी जानकारीहरू एआई प्रविधिको माध्यमबाट पठाउन सक्नेछन् । पठाइएको जानकारी सङ्कलन गरी एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ । 

उनले भने, ‘हाम्रो एआई प्रणालीले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिन सक्षम छ ।’ यस सम्झौताको माध्यमबाट किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ ।  

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ११ : ५८ बजे

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको साथ, कार्यान्वयनको बाटो खोलिदियो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित

सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ