एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित « Khabarhub

एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ। मंगलबार नेपाल सितेरियो कराते संघले एक कार्यक्रमबीच एरिका र प्रशिक्षक श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो।

संघले एरिकालाई एक लाख रुपैयाँ र प्रशिक्षक श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो। एरिकाले सन् २०२२ मा चीनको हाङजाउमा सम्पन्न एसियाली खेलकुदमा ६८ किलोतर्फ रजत पदक जितेकी थिइन्। यो नेपालले १९औँ एसियाली खेलकुदमा प्राप्त गरेको एक मात्र रजत पदक हो।

उनले हङकङकी यान काइलाई ८–४ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्। उनी कराते–१ प्रिमियर लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्। गत जुनमा मोरोकोको राबटमा सम्पन्न उक्त प्रतियोगितामा उनले रजत पदक जितेकी थिइन्। एरिकाले सन् २०२४ मा आयोजित यूएस ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि स्वर्ण र कास्य पदक हासिल गरेकी थिइन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ५९ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र