चुनाव सफल बनाउने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन « Khabarhub

चुनाव सफल बनाउने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि सुरक्षा व्यवस्था सुदृढ पार्न मधेस प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

मंगलबार महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनीमा आयोजित सुरक्षा बैठकमा उनले सुरक्षा निकायलाई चाहिने हरेक प्रकारका सेवा, सुविधा प्रदान गर्न सरकार तयार रहेको भन्दै यस्तो निर्देशन दिएका हुन्।

गृहमन्त्री अर्यालले अहिले राजनीतिक निकासका लागि चुनाव अपरिहार्य भएको र अधिकांश राजनीतिक दल चुनावप्रति सकारात्मक भएकाले अब चुनावको माहोल बन्ने विश्वास व्यक्त गरे।

उनले निर्वाचन सफल बनाउन सुरक्षानिकायको महत्त्वपूर्ण भूमिका हुने भएकाले उच्च मनोबलसहित सुरक्षा रणनीति व्यवस्थापनमा जुट्न निर्देशन दिए।

उनले मधेश प्रदेशको संवेदनशीलतालाई ख्याल गरेर प्रदेशमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।

त्यसैगरी जेन्जी पुस्ताको आन्दोलनको मर्म पूरा गर्न सुशासन तथा सुरक्षा महत्त्वपूर्ण विषय भएकाले वर्तमान सरकार सुरक्षाप्रति अत्यन्तै संवेदनशील रहेको गृहमन्त्री अर्यालको भनाइ थियो।

गृहमन्त्री अर्यालले प्रहरीले गर्ने अनुसन्धान निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने बताए। राजस्व चुहावट नियन्त्रण, अपराध नियन्त्रण जस्ता विषयलाई गम्भीरतापूर्वक हेर्न आग्रह गरे। आगामी दिनमा कार्यसम्पादनलाई तथ्यमा आधारित भएर हेर्ने र मूल्यांकन गर्ने बताए।

बैठकमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव, मधेश प्रदेशका प्रमुख सचिव, मध्यपूर्वी पृतनाका पृतनापति, गृह मन्त्रालयका सहसचिव, मधेश प्रदेशका प्रदेश सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरू, सर्लाही, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : २० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै