जेनजीसहितको सर्वपक्षीय सरकार बनाउने ओलीकाे प्रस्ताव, प्रधानमन्त्री दाबी नगर्ने « Khabarhub

जेनजीसहितको सर्वपक्षीय सरकार बनाउने ओलीकाे प्रस्ताव, प्रधानमन्त्री दाबी नगर्ने


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव राखेका छन्।

मंगलबार एक छलफलमा वर्तमान संकटको समाधानका लागि ओलीले विभिन्न प्रस्ताव अघि सारेका एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

‘जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन,’ ओलीले अघि सारेका मार्गचित्रमा उल्लेख छ।

असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको प्रस्ताव ओलीको छ। त्यस्तै, जेनजी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूले पुनः प्रधानमन्त्रीको दाबी नगर्ने बताएका छन्।

यस्ता छन् ओलीको मार्गचित्र

१. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना

२. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था

३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट

४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन

५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव

६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ३९ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी