धान भित्र्याउने बेला वर्षाले समस्या « Khabarhub

धान भित्र्याउने बेला वर्षाले समस्या


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तानसेन (पाल्पा)- घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका किसान चिन्तित बनेका छन्। मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ।

यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहारपर्व मनाएपछि काटेर खेतमै राखेका थिए, तर भित्र्याउन नपाउँदै पानी पर्‍यो। दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाए।

खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताइन्। ‘बुधबार धान स्याहार्ने योजना बनाउनुभएको थिए। आज बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै पानी आएको भए पनि धान भित्र्याइसक्थ्यौँ’,उनले भनिन्।

यस्तै, अर्गेलीका भीम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ। ‘सोमबार अलिकति धान स्याहारेका थियौँ, बाँकी मङ्गलबारलाई राखेका थियौंँ, पानी आइहाल्यो’,उनले भने, ‘पानी परेकाले धान स्याहार्न नसकिएको हो, आज आँगन भिजेको छ।’

पोखराथोककी मीना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गरेकी थिइन्, तर भित्र्याउने बेला पानीले क्षति पु¥याएपछि उनी चिन्तित छन्। ‘धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो’, कुमालले भनिन्, ‘दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन्। ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ। काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो।’

बाली भित्र्याउने बेला पानीले क्षति पु¥याएपछि यहाँका अधिकांश किसान चिन्तित बनेका छन्। कतिपय किसानले तिहारअघि र कतिपयले पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान भित्र्याँदै थिए। केहीले पानी पर्ने भन्दै हतारहतारमा धान काटे, तर आज बिहानैदेखि परेको वर्षाका कारण काटेको धानबालीमा क्षति पुग्यो।

कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेले जिल्लामा हालसम्म आठ प्रतिशत धान काटिसकिएको र वर्षा जारी रहेका कारण क्षतिको विवरण आइनसकेको बताइन्। उनले जिल्लाका १० वटै पालिकाका कृषि इकाइमार्फत क्षति विवरण संकलनका लागि आग्रह गरिएको बताइन्।

केन्द्र प्रमुख पाण्डेले भनिन्, ‘स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले ठूलो क्षति हुनबाट भने बचेको छ। के कति क्षति भयो भनेर जिल्लाका सबै पालिकाबाट विवरण संकलन भएपछि विवरण सार्वजनिक गर्नेछौँ।’

बिहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुनसक्ने केन्द्रले जनाएको छ।

जिल्लामा ३६ हजार ५३७ हेक्टरमा धानखेती हुँदै आएकामा आठ हजार ६२० हेक्टरमा वर्षेधान, ७०५ हेक्टरमा चैतेधान र २७ हजार २१२ हेक्टरमा अन्यखेती हुँदै आएको छ। यसवर्ष भने आठ हजार २१० हेक्टरमा मात्र वर्षेधान लगाइएको कृषि ज्ञानको तथ्र्याक रहेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ४६ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका