फिलिपिनी राष्ट्रपति मार्कोसद्वारा भारतीय प्रधानमन्त्री मोदीको प्रसंशा « Khabarhub

फिलिपिनी राष्ट्रपति मार्कोसद्वारा भारतीय प्रधानमन्त्री मोदीको प्रसंशा


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण चीन सागरमा विधिको शासन र अन्तर्राष्ट्रिय कानुनको समर्थन गरेको भन्दै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंशा गरेका छन् । दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको शिखर सम्मेलनका क्रममा आयोजित आशियान–भारत सम्मेलनका क्रममा राष्ट्रपति मार्कोसले प्रधानमन्त्री मोदीको प्रसंशा गरेका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मार्कोसले यस क्षेत्रमा विश्वसनीय साझेदारका रुपमा भारतको बढ्दो भूमिकाको चर्चा गरे । इकोनोमिक टाइम्सका अनुसार उनले समुद्री क्षेत्रमा शान्ति र स्थीरता कायम राख्ने भारतको प्रतिबद्धताबारे पनि प्रसंशा गरेका थिए ।

उनले समुद्री र टापु मुलुकको हिसाबमा फिलिपिन्सका लागि समुद्री क्षेत्रमा विधिको शासन महत्वपूर्ण रहेको उनको भनाइ थियो । उनले आशियान र भारत दुबै पक्षले कुनै पनि समस्याकोे शान्तिपूर्ण समाधान गर्नुपर्ने र यसका लागि समुद्री साझेदारी महत्वपूर्ण हुने मार्कोसले बताए ।

उनले फिलिपिन्स आसपासको समुद्रले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि योगदान प्रदान गरिरहेको पनि उल्लेख गरे । विधिको शासन र अन्तर्राष्ट्रिय कानुनको समर्थन गरेकोमा उनले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन् ।

उनले दक्षिणपूर्वी एशियाली मुलुकहरुको नजिकको छिमेकी भएको र विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको भारतले आशियानका लागि धेरै सहयोग पुर्‍याउनसक्ने पनि मार्कोसले उल्लेख गरे ।

पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढिरहेका बेला मार्कोसले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार