रुसले दाबी गरेको युक्रेनी भूमि बलपूर्वक कब्जा गर्ने पुटिनको चेतावनी « Khabarhub

रुसले दाबी गरेको युक्रेनी भूमि बलपूर्वक कब्जा गर्ने पुटिनको चेतावनी


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

किर्गिस्तान – किएभले मस्कोले दाबी गरेको क्षेत्रबाट फिर्ता भएमा रूसले युक्रेनमा आक्रमण अन्त्य गर्ने अन्यथा रूसी सेनाले उक्त क्षेत्र बलपूर्वक कब्जा गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।

रूसी सेना विस्तारै तर स्थिर रूपमा पूर्वी युक्रेनमा युक्रेनी सेनाविरूद्धको महँगो लडाइँमा फसिरहेको छ ।

रूसले युद्ध जारी राख्ने बताइरहँदा उता वाशिङ्गटनले भने लगभग चार वर्षको युद्ध अन्त्य गर्न गरेको आफ्नो प्रयासलाई नवीकरण गरेको छ । आश्चर्यजनक योजना अघि सारेको छ । प्रस्तावलाई मस्को र किएभसँगको आगामी वार्ताको माध्यमबाट अन्तिम रूप दिने बताएको छ।

“यदि युक्रेनी सेनाले आफ्नो कब्जामा रहेको क्षेत्र छोडे भने हामी युद्ध अभियान रोक्नेछौँ,’ पुटिनले किर्गिस्तानको भ्रमणका क्रममा भनेका छन्, “यदि उनीहरूले त्यसो गरेनन् भने, हामी यसलाई सैन्य माध्यमबाट प्राप्त गर्नेछौँ ।’’

युक्रेनको पाँच भागको एक भाग रुसले नियन्त्रण गरेको छ । कब्जा गरिएको भूमिको मुद्दा किएभले कहिल्यै छोड्ने छैन भनेको छ, यो शान्ति प्रक्रियाको सबैभन्दा ठूलो अवरोध मध्ये एक हो।

वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा भनेको युक्रेनको लागि पश्चिमी सुरक्षा सुनिश्चितता हो । भविष्यमा रूसले फेरि आक्रमण गर्नबाट रोक्नको लागि यो आवश्यक रहेको किएभले बताएको छ ।

युक्रेनका युरोपेली सहयोगीको सहभागिता बिना संयुक्त राज्य अमेरिकाले तयार गरिएको वाशिङ्गटनको मूल योजनाले किएभलाई पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गर्ने र डोनेट्स्क, क्रिमिया र लुगान्स्क क्षेत्रहरूलाई रूसी भूगोलका रूपमा मान्यता दिने उल्लेख गरिएको छ ।

अमेरिकाले किएभ र युरोपको आलोचनापछि गत हप्ताको अन्त्यमा मूल योजनालाई फिर्ता गर्दै अझै नयाँ संस्करण जारी गर्ने बताएको छ तर यो अझै जारी भएको छैन ।

संशोधित नयाँ योजनाको अध्ययन गरेका पुटिनले यो वार्ताको सुरुवात हुन सक्ने बताएका छन्। प्रस्तावलाई अमेरिकाले लगभग २० बुँदामा छोट्याएको अनुमान गरिएको छ।

अमेरिकी वार्ताकार स्टिभ विटकोफ अर्को हप्ता मस्को भ्रमण गर्ने अपेक्षा गरिएको रूसी नेता पुटिनले बताए ।

अमेरिकी रक्षामन्त्री डान ड्रिस्कोलले यसै साताको अन्त्यमा किएभको भ्रमण गर्ने युक्रेनका शीर्ष राष्ट्रपतिका सहयोगी एन्ड्री येरमाकले बताएका छन्।

बिहीबार आफ्नो टिप्पणीमा पुटिनले रुसले युक्रेनको पूर्वी डोनेत्स्क क्षेत्रको पोक्रोभ्स्क र मर्नोग्राडमा युक्रेनी सेनालाई घेरेको दाबी दोहोर्याएका छन्।

युक्रेनले पोक्रोभ्स्क र मर्नोग्राडलाई घेरिएको अस्वीकार गरेको छ र आफ्नो सेनाले शत्रुसँग लडिरहेको बताएको छ।

पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वैधतामाथि पनि प्रश्न उठाएका छन्। उनीसँग कुनै पनि सम्झौतामा हस्ताक्षर गर्नु कानुनी रूपमा ‘लगभग असम्भव’ हुने उनको भनाइ छ । रासस/एएफपी

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ५३ बजे

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको