कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो : सहमहामन्त्री राठौर « Khabarhub

कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो : सहमहामन्त्री राठौर


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको आज काठमाडौँमा उद्‌घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति, सिद्धान्तलाई गौण बनाएर म भएमात्र कांग्रेस बच्छ, म नभए कांग्रेस सिद्धिन्छ भन्ने भाष्य सृजना गरेर केही व्यक्तिले नीतिप्रधान कांग्रेसलाई नेताप्रधान बनाउने दुष्प्रयास गरेको बताए। 

नीतिलाई प्रधान मानेर हिँड्न सबै तयार भएमात्र कांग्रेसले एकढिक्का भएर सबैखाले समस्याको समाधान दिनसक्ने उनले बताए।

नेता राठौरले बीपी कोइराला, सुवर्णशम्शेर राणा र कृष्णप्रसाद भट्टराईहरूले स्थापना गरेको पार्टीमा उनीहरूपछि पनि थुप्रै नेता आएको, गएको र त्यो क्रम चलिरहेको बताउँदै कांग्रेस कुनै एक नेताको पार्टी नभई विचार, सिद्धान्त, निष्ठा र आस्थाको सङ्गठन भएको बताए।

कांग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदुर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको उनको तर्क थियो । 
 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : ४२ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा