निर्वाचनमा सक्रिय हुन एमाले नेताहरूलाई प्रधानमन्त्रीको आह्वान « Khabarhub

निर्वाचनमा सक्रिय हुन एमाले नेताहरूलाई प्रधानमन्त्रीको आह्वान


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन एमाले नेताहरूलाई आग्रह गरेकी छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको भन्दै निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरूले निर्वाचनको उचित वातावरण बने आफूहरू भाग लिन तयार रहेको बताएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए । उनले लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय सङ्घर्ष गरेको पार्टी जनताका बीचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ दिएको बताए ।

 उनले चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको भन्दै सरकारले सुरक्षा लगायतका विषयमा गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले संसद् पुनस्थापनाका विषयमा अदालतले संवैधानिक परीक्षणको बाटो टुङ्ग्याएपछि सबै विषय निर्धारण हुने जिकिर गरे ।  

छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिक रुपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेको जानकारी दिए । एमाले नेताहरूले आफूहरू निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताएको खरेलले बताए । उनले चूनावका सन्दर्भमा देखिएका आशंकाहरु एमाले नेताहरूसँग भेटेपछि धेरै कम भएको महसुस भएको उल्लेख गरे ।

छलफलमा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी भएका थिए । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ३८ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य