श्रीलंकामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु « Khabarhub

श्रीलंकामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

गत हप्तादेखि लगातार बिग्रिँदो मौसमका कारण श्रीलंका संकटमा परिरहेको छ । बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडकहरू जलमग्न भएका छन् भने थुप्रै स्थानमा पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ ।

राजधानी कोलम्बोबाट करिब ३०० किलोमिटर पूर्वमा पर्ने बदुल्ला र नुवारा एलियाको मध्य पहाडी क्षेत्र विशेष प्रभावित बनेका छन् । त्यहाँ बिहीबार गएको पहिरोमा २५ जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सरकारको विपद् व्यवस्थापन केन्द्रका अनुसार बदुल्ला र नुवारा एलिया क्षेत्रमा २१ जना बेपत्ता र १४ जना घाइते भएका छन् । साथै, देशका अन्य धेरै भागमा खसेका पहिरोका कारण थप व्यक्तिले ज्यान गुमाउनुपरेको छ । 

लगातारको भारी वर्षाले जलाशय तथा नदीहरू भरिँदै गएको र सडकहरू अवरुद्ध भएको जनाइएको छ । ढुङ्गा, माटो तथा रुखहरू सडक र रेलमार्गमा खसेपछि थुप्रै ठाउँमा यातायात सेवा बन्द गरिएको छ, केही स्थानमा रेल सेवा समेत रोकिएको छ ।

स्थानीय टेलिभिजनले बिहीबार बाढीले घेरिएको घरको छतमा फसेका तीन व्यक्तिलाई श्रीलंका वायु सेनाको हेलिकप्टरमार्फत उद्धार गरेको दृश्य प्रसारण गरेको थियो । 

त्यस्तै, नौसेना तथा प्रहरीले पनि विभिन्न स्थानमा डुङ्गाको सहायताले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन् । पूर्वी सहर अम्पारा नजिकै बाढीको पानीले कार बगाउँदा तीन यात्रुको निधन भएको दृश्यसमेत बिहीबारको फुटेजमा देखाइएको छ ।

बढ्दो वर्षा र निरन्तर बिग्रँदो मौसमका कारण जोखिम अझै उच्च रहेको भन्दै अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ४५ बजे

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि