ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा « Khabarhub

ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वासिङ्टनमा एक अफगान नागरिकले दुई जना नेसनल गार्ड सैनिकमाथि गोली प्रहार गरी एक जनाको हत्या गरेको घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीव्र प्रतिक्रिया जनाउँदै आफूले भनेका ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा गरेका छन् । 

उनको कडा प्रतिक्रिया दोस्रो कार्यकालमा उनले अघि बढाइरहेको आप्रवासन–विरोधी कठोर नीतिमा अर्को तीक्ष्ण मोडका रूपमा प्रस्तुत भएको छ । उनको प्रतिक्रियाले पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालमा स्वीकृत ‘लाखौँ भर्ना’ उल्ट्याउने चेतावनीसमेत दिएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि वेस्ट भर्जिनियाबाट वासिङ्टनमा तैनाथ नेसनल गार्डकी २० वर्षीया साराह बेकस्ट्रोम घाइते हुने र त्यसपछि मृत्यु हुने दुःखद घटनाको पुष्टि गरिसकेका थिए। अफगानिस्तानमा अमेरिकी सेनासँग काम गरिसकेका २९ वर्षीय अफगान नागरिक सन्दिग्ध बन्दुकधारीका रूपमा पहिचान भएपछि एफबिआईले अन्तर्राष्ट्रिय आतंकवादी आशंकामा अनुसन्धान थालिएको जनाएको छ ।

अधिकारीहरूले घटनालाई ‘एम्बुस–शैली’ आक्रमणका रूपमा वर्णन गरेका छन् । यसले अमेरिकी राजधानीमा तैनाथ सेनाको प्रयोग, आप्रवासन नीति र अफगान युद्धको दीर्घकालीन प्रभाव जस्ता संवेदनशील राजनीतिक मुद्दाहरूलाई पुनः चर्चाको केन्द्रमा ल्याइदिएको छ । 

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, ‘म अमेरिकी प्रणालीलाई पूर्ण रूपमा पुनःस्थापित गर्नका लागि सबै तेस्रो विश्वका मुलुकहरूबाट आप्रवासन स्थायी रूपमा रोक्छु ।’ 

उनले तत्काल प्रभावबाट बाइडेन प्रशासनले स्वीकृत ‘लाखौँ प्रवेश’ खारेज गर्ने र ‘अमेरिकाका लागि शुद्ध सम्पत्ति नबन्ने’ व्यक्तिहरूलाई हटाइने चेतावनीसमेत दिए ।

थ्याङ्क्सगिभिङका अवसरमा सेनासँग भएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले वासिङ्टनमा भएको ‘आतंकवादी आक्रमण’ ले राष्ट्रमा शोक छाएको बताउँदै राजधानीमा अतिरिक्त सयौँ नेसनल गार्ड पठाइनु निवारक कदम भएको दाबी गरे। ‘यदि गार्डम्यानहरू नहुँदा हुन् त घटना अझ गम्भीर हुन सक्थ्यो’, उनले टिप्पणी गरे।

यसैबीच युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिस ९युएससिआइएस० का निर्देशक जोसेफ एडलोले ट्रम्पको आदेशअनुसार ‘चिन्ता उत्पन्न गर्ने’ प्रत्येक देशका नागरिकको ग्रिन कार्ड फाइलमा पुनः कठोर छानबिन सुरु गरिएको जानकारी दिए। उनका अनुसार अफगानिस्तान, क्युबा, हाइटी, इरान, म्यान्मालगायत १९ देश अहिले विशेष निगरानीको सूचीमा छन् । यीमध्ये धेरै राष्ट्र पहिले नै ट्रम्प प्रशासनको यात्रा प्रतिबन्ध सूचीमा परेका थिए ।

बुधबारको आक्रमणमा गम्भीर घाइते भएका २४ वर्षीय सैनिक एन्ड्र्यु वोल्फ आफ्नै ‘जीवनका लागि लडिरहेका’ छन् । वासिङ्टन राज्यमा बस्दै आएका सन्दिग्ध बन्दुकधारी रहमानुल्ला लकानवाल समेत गम्भीर घाइते अवस्थामा छन् । 

अमेरिकी वकिल जेनिन पिरोका अनुसार लकानवालले ह्वाइट हाउसबाट केही ब्लक टाढा गस्ती गरिरएका गार्डम्यानहरूलाई पोइन्ट ३५७ रिभल्भरले लक्षित रूपमा गोली हानेका थिए । उनी जीवित रहे सैनिकहरूको मृत्यु पुष्टि भएमा आरोप ‘पहिलो दर्जाको हत्या’ मा उकासिनेछ ।

सिआइएका निर्देशक जोन र्‍याटक्लिफले सन्दिग्ध व्यक्ति अफगानिस्तानमा तालिबानविरुद्ध लड्ने सिआइए समर्थित ‘साझेदार बल’ का सदस्य रहेको र अफगान सहयोगीहरूको उद्धार कार्यक्रमअन्तर्गत अमेरिकाभित्र ल्याइएको पुष्टि गरे। र्‍याटक्लिफ, एफबिआई, होमल्यान्ड सेक्युरिटी तथा ट्रम्प नियुक्त अन्य अधिकारीहरूले बाइडेन प्रशासनको ‘सुस्त र कमजोर’ शरण नीतिले लकानवाललाई देशमा सजिलै प्रवेश गर्न दिएको आरोप दोहोर्‍याए ।

यद्यपि अफगान पुनःस्थापनामा सहायक सङ्गठन अफगानइभाकले भने ‘सबै अफगान आवेदकहरू अत्यन्त कडा सुरक्षा जाँचबाट गुज्रिनुपर्छ’ भन्दै सम्पूर्ण समुदायलाई दोषारोपण नगर्न आग्रह गरेको छ । सङ्गठनका अनुसार लकानवाललाई शरण ट्रम्पकै प्रशासनमा सन् २०२५ अप्रिलमा दिइएको थियो र एक वर्षपछि स्थायी निवासका लागि योग्य हुने अवस्थामा थिए ।

घटनापछि रक्षामन्त्री पिट हेग्सेथले वासिङ्टनमा थप ५०० सैनिक तैनाथ गर्दै कुल सङ्ख्या दुई हजार ५०० पुर्‍याइएको घोषणा गरे 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ५३ बजे

इमरान खानको अवस्थाबारे छोरा कासिमले मागे सरकारसँग प्रमाण

इस्लामाबाद- पाकिस्तानमा तनाव चुलिँदै गएको छ। पूर्वप्रधानमन्त्री इमरान खानका छोरा

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक

काठमाडौं- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा विशेष अफरसहित दुई नयाँ

जोन सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, परामर्शदाता कम्पनीका दुईजना निर्देशक पक्राउ

हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीबाट

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८०