उज्यालो नेपाल पार्टीको नेताका रुपमा सार्वजनिक हुँदै कुलमान, मंसिर १७ गते घोषणा सभा « Khabarhub

उज्यालो नेपाल पार्टीको नेताका रुपमा सार्वजनिक हुँदै कुलमान, मंसिर १७ गते घोषणा सभा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टीले मंसिर १७ गते काठमाडौंमा घोषणा सभा गर्ने भएको छ।

पार्टीले बुधबार काठमाडौंमा आयोजना गरिएको प्रेस भेटघाटमार्फत् कमलादीस्थित प्रज्ञा भवनमा घोषणा कार्यक्रम हुने जानकारी दिएको हो।

घोषणा सभाका प्रमुख अतिथि नेपाल सरकारका मन्त्री कुलमान घिसिङ रहनेछन्। पार्टीका अनुसार सुरक्षा, सवारी र भीड व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।

पार्टीले उक्त अवसरमा दीर्घकालीन दृष्टि, मूल ध्येय र घोषणापत्र २०८२ सार्वजनिक गर्नेछ। घोषणापत्रमा पार्टीको सैद्धान्तिक आधार, प्राथमिकता र आगामी कार्ययोजना समेटिने जनाइएको छ।

पार्टीले जनअपेक्षाअनुसार आर्थिक रूपान्तरण, सामाजिक न्याय, सेवा प्रवाह र लोकतान्त्रिक मूल्यमा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प दोहोर्‍याएको छ। उज्यालो नेपाल पार्टी ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ नारासहित हालै दर्ता भएको हो।

पार्टीका नेतृत्वले जेन-जी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका भावनालाई संस्थागत गर्ने आवश्यकता दोहोर्‍याएको छ। विगतका राजनीतिक परिवर्तनहरू आर्थिक विकाससँग जोडिन नसक्दा उपलब्धि स्थायी हुन नपाएको टिप्पणी यो पार्टीले गरेको छ।

पार्टीका अनुसार घोषणा सभामा व्यापक जनसहभागिता रहनेछ। उज्यालो नेपाल पार्टीले समान सोच भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, संघ–संस्था र व्यक्तिहरूसँग सहकार्य गर्ने इच्छा पनि राखेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ११ बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका