उज्यालो नेपाल पार्टीको नेताका रुपमा सार्वजनिक हुँदै कुलमान, मंसिर १७ गते घोषणा सभा « Khabarhub

उज्यालो नेपाल पार्टीको नेताका रुपमा सार्वजनिक हुँदै कुलमान, मंसिर १७ गते घोषणा सभा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टीले मंसिर १७ गते काठमाडौंमा घोषणा सभा गर्ने भएको छ।

पार्टीले बुधबार काठमाडौंमा आयोजना गरिएको प्रेस भेटघाटमार्फत् कमलादीस्थित प्रज्ञा भवनमा घोषणा कार्यक्रम हुने जानकारी दिएको हो।

घोषणा सभाका प्रमुख अतिथि नेपाल सरकारका मन्त्री कुलमान घिसिङ रहनेछन्। पार्टीका अनुसार सुरक्षा, सवारी र भीड व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।

पार्टीले उक्त अवसरमा दीर्घकालीन दृष्टि, मूल ध्येय र घोषणापत्र २०८२ सार्वजनिक गर्नेछ। घोषणापत्रमा पार्टीको सैद्धान्तिक आधार, प्राथमिकता र आगामी कार्ययोजना समेटिने जनाइएको छ।

पार्टीले जनअपेक्षाअनुसार आर्थिक रूपान्तरण, सामाजिक न्याय, सेवा प्रवाह र लोकतान्त्रिक मूल्यमा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प दोहोर्‍याएको छ। उज्यालो नेपाल पार्टी ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ नारासहित हालै दर्ता भएको हो।

पार्टीका नेतृत्वले जेन-जी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका भावनालाई संस्थागत गर्ने आवश्यकता दोहोर्‍याएको छ। विगतका राजनीतिक परिवर्तनहरू आर्थिक विकाससँग जोडिन नसक्दा उपलब्धि स्थायी हुन नपाएको टिप्पणी यो पार्टीले गरेको छ।

पार्टीका अनुसार घोषणा सभामा व्यापक जनसहभागिता रहनेछ। उज्यालो नेपाल पार्टीले समान सोच भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, संघ–संस्था र व्यक्तिहरूसँग सहकार्य गर्ने इच्छा पनि राखेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ११ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा