विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन « Khabarhub

विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारी चालक अनुमति पत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । 

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो ।

विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिए । 

उनले कार्यालयले चालक अनुमति पत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा सुरु गरेको बताए । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन । 

कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक १५० देखि २०० जना सेवाग्राही आउने गरेको छन् । कार्यालयले हप्तामा तीनपटक सवारी चालक अनुमति पत्रका लागि परीक्षा लिँदै आएको छ । 

कार्यालयले दुई तथा चारपाङ्ग्रे सवारीसाधनसहित सबै प्रकारको सवारीसाधनका लागि सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदै आइरहेको छ । 

विराटनगर कार्यालयले विसं २०७९ साउनदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ४० बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको