वैश्विक पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

वैश्विक पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्रसङ्घ


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मड्रिड- सन् २०२५ को पहिलो नौ महिनासम्म विश्वभरि पर्यटक आवागमन लगातार बढ्दै गएको संयुक्त राष्ट्रसङ्घीय पर्यटन निकायले बिहीबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कले देखाएको छ । संस्थाले आफ्नो त्रैमासिक पर्यटन सूचकमा उल्लेख गरेअनुसार, जनवरीदेखि सेप्टेम्बरसम्म १.१ अर्बभन्दा बढी मानिसले अन्तरदेशीय यात्रा गरेका छन्, जुन सन् २०२४ को त्यही अवधिको तुलनामा करिब ५ प्रतिशत बढी हो ।

एशिया–प्रशान्त क्षेत्रमा महामारीपछिको सुधार जारी रहँदा आगमन ८ प्रतिशतले बढेको छ । यद्यपि यो सङ्ख्या सन् २०१९ का स्तरभन्दा अझै करिब १० प्रतिशत कम छ । अफ्रिकामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ—उत्तर अफ्रिकामा ११ प्रतिशत र सहारा दक्षिण अफ्रिकामा १० प्रतिशत वृद्धि दर्ता भएको छ ।

युरोप विश्वकै सबैभन्दा ठूलो गन्तव्य क्षेत्र रहँदै, सन् २०२५ को पहिलो नौ महिनामा ६२५ मिलियन पर्यटक भित्र्यायो, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत बढी हो । उत्तर अमेरिकामा करिब एक प्रतिशत कमी देखियो भने दक्षिण अमेरिकामा ९ प्रतिशत र मध्य अमेरिकामा ३ प्रतिशत वृद्धि दर्ता भएको छ ।

यी क्षेत्रमा केही लोकप्रिय गन्तव्यहरूमा यात्रु माग बलियो देखिएको छ । संयुक्त राष्ट्र पर्यटनका महासचिव जुराब पोलोलिकासभिलीका अनुसार, “उच्च मूल्यवृद्धि तथा भू–राजनीतिक तनावका बाबजुद पनि यस वर्ष पर्यटक सङ्ख्या मात्र होइन, आम्दानीको हिसाबले पनि पर्यटन क्षेत्र अघि बढिरहेको छ । विशेष गरी अफ्रिका र युरोपले उल्लेखनीय उपलब्धि हासिल गरेका छन्,” उनले भने ।

संयुक्त राष्ट्र पर्यटनले सन् २०२५ भरिमा विश्व पर्यटन ३ देखि ५ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको छ । तर, भू–राजनीतिक अनिश्चितता र उच्च खर्चले क्षेत्रमा केही जोखिम कायम रहने चेतावनी पनि दिइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : १० बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको