सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई कामपाले निःशुल्क उपचार गर्ने « Khabarhub

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई कामपाले निःशुल्क उपचार गर्ने


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ । 

जसअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका जो कोही व्यक्तिहरूलाई निःशुल्क उपचार गर्ने प्रक्रिया कामपाले अघि बढाइसकेको जनाएको छ । 

यसरी उपचार गर्नका लागि कामपाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग चालु आर्थिक वर्षका लागि सम्झौता गरिसकेको कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनले पारिवारिक समस्याका कारण आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरू पनि महानगरपालिका छन् भन्ने महसुस हुन थाल्नु सुखद नतिजाको प्रारम्भ भएको बताइन् । 

कामपाको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आवश्यक पर्नेले सजिलै सेवा प्राप्त गर्ने र सम्भावित दुरुपयोग रोक्ने प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गरे । 

अस्पतालका अध्यक्ष डा मनोजमान श्रेष्ठले भने, ‘स्वास्थ्योपचारमा महत्त्व नदिने पाका व्यक्तिहरू उपचारका लागि आउन थाल्नु, समुदायका मानिस उपचारका बारेमा सोधखोज गर्न थाल्नु, कामपाको सहयोग प्राप्त भएको नतिजा हो ।’ 

सम्झौताबमोजिम कामपाका जनप्रतिनिधि, कर्मचारीहरूलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । 

त्यस्तै लैङ्गिक हिंसामा परेका व्यक्ति, बेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नुपर्ने कर्मचारीका लागि सामाजिक विकास विभागको सिफारिस आवश्यक पर्नेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ । 

उपचारका लागि महानगरपालिकाले चालु आवमा रु एक करोड ५० लाख विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर रु एक करोड ८० लाख बराबरको उपचार सेवा उपलब्ध गराउने कामपाले जानकारी दिएको छ । 

सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरूलाई परिचयपत्र, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता अनिवार्य आवश्यक कामपाले जनाएको छ । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : १७ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको