एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत « Khabarhub

एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेकपा (एमाले) को मंसिर २७ देखि हुने एघारौँ महाधिवेशनका लागि प्रकाश पौडेल म्याग्दीबाट निर्विरोध प्रतिनिधि बनेका छन् ।

अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा झिनो मतले पराजित पौडेल एमालेको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका हुन् ।

म्याग्दी जिल्लाबाट पौडेल ४० वर्षमुनिको युवा क्लस्टरमा सर्वसम्मत भएका हुन्। यससँगै उनलाई अब एमाले केन्द्रीय सदस्य पदमा उठ्ने बाटो खुलेको छ ।

पौडेल अनेरास्ववियुको नेतासँगै सामाजिक अभियन्ताका रुपमा पनि परिचित छन् । पछिल्लो समय उनी एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ३८ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५